५कार्तिक २०७९- मकवानपुर निर्वाचन क्षेत्र–१ की उम्मेदवार तथा नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले निर्वाचन क्षेत्रको विकास र जनचाहनालाई नजिकमा रहेर सम्बोधन गर्ने बताएकी छन् । उनले प्रतिगामी शक्तिहरु जब जुर्मुराउन थाल्छन्, व्यवस्थामाथि धावा बोल्छन्, तिनविरुद्ध प्रगतिशील शक्तिहरुले देश र संविधान जोगाउन गठबन्धन निर्माण गरिएको बताइन् ।
बकैया गाउ“पालिकास्तरीय बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेला उद्घाटन गर्दै उनले केपीले असंवैधानिक पटकपटक कदम चालेर संसद् विघटन गर्ने प्रयास गरेकाले गठबन्धन निर्माण भएको बताइन् ।
‘मुलुकमा अप्ठ्यारो पर्दा लोकतान्त्रिक पद्धतिमा ल्याउने माओवादी, समाजवादी र नेपाली कांग्रेसलगायत शक्ति नै हुन् । आज दीपक सिंह र कमल थापाको मन विचलन भएपछि गठबन्धनविरुद्ध बोलिरहनु भएको छ । भ्रमको खेती गरिरहनु भएको छ । म जित्छु भन्दै केही कार्यकर्तालाई प्रलोभन दिइरहनु भएको छ,’ उनको आरोप छ ।
उनले निर्वाचन क्षेत्रमा जहा“सुकै गठबन्धनको उपस्थिति रहेको भन्दै वागमती पालिकामा सर्केश घलान, बकैयामा धर्म लामिछाने र हेटौंडा नगरमा मीना लामाको उदाहरण दिइन् । भनिन्–अनि विकास र समृद्धिको कुरा गर्न हामीलाई कसले रोक्छ । अब प्रदेश र केन्द्रमा हाम्रो उपस्थितिले मकवानपुरको समुचित विकास हुन कसैले रोक्न सक्दैन ।
अगुवा कार्यकर्ता भेलामा प्रदेशसभा उम्मेदवार प्रेमबहादुर पुलामीले बाम गठबन्धनका उम्मेदवार जिताउन लागिपर्न आग्रह गरे । उनले कार्यकर्तालाई गाउ“, टोल र वडावडामा पुगेर पार्टीले गरेका कामबारे जानकारी दिन निर्देशन दिए । गठबन्धन एमालेको प्रतिगामी षडयन्त्र र ‘कु’ को विरुद्ध भन्दै उनले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र भूमिहीनको भूमिप्राप्तिका लागि आफ्नो भूमिका रहने बताए । उनले संघ र प्रदेशमा मन्त्रालयगत् बजेटमा समेत पहु“च हुने र विकासका लागि समस्या नहुने धारणा राखे ।
माओवादी केन्द्र केन्द्रीय सदस्य विजय गौतमले प्रत्येक दिन योजनावद्ध लाग्न कार्यकर्तालाई सुझाव दि“दै महालक्ष्मी उपाध्यायलाई रुख चिह्नमा मतदान गर्न, प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामीलाई गोलाकारभित्रको ह“सिया हथौडामा मतदान गर्न आग्रह गरे । ‘केपी ओली संविधान र देश मास्ने भष्मासुर हुन् । भष्मासुरले देशको विधिव्यवस्था नै भष्म गर्ने लाग्या छ । त्यसविरुद्ध देश र व्यवस्थाको पक्षमा बाम लोकतान्त्रिक गठबन्धन हो । केपीले व्यक्ति हत्याविरुद्ध जेल बसेका हुन् । कुनै आन्दोलनमा होइन,’ उनले आन्दोलनको कुनै फोटो र भिडियोमा ओलीलाई देखाउन आग्रह गरे ।
नेकपा माओवादी केन्द्र संयोजक तथा वागमती गाउ“पालिका अध्यक्ष सर्केश घलानले एमालेका बा खड्ग ओलीले गरेको संविधानको चिरहरणको नतिजा मंसिर ४ गते पाउने बताए । ‘केपी हरेक शक्ति प्रयोग गर्दैछन् । हामी त्यसबाट जोगिनु जरुरी छ । गरेपछि हुन्छ भन्ने कुरा हामीले अघिल्लो जनप्रतिनिधि भन्दा धेरै अनुभव गरेका छौं । पूर्वी मकवानपुरका जनतालाई ललिपप देखाउन सकिन्छ कि भनेर एमालेले कमल थापा र पूर्वपञ्च दीपक सिंह आएका छन् । यिनलाई लज्जास्पद् नतिजाले हराउनु जरुरी छ,’ उनले भने ।
नेपाली कांग्रेसका नेता दामोदर खनालले संविधानपक्षधर बामलोकतान्त्रिक गठबन्धन एकापट्टि र संविधानविरोधी, सविधानलाई बयल गाडास“ग तुलना गर्नेबीचको लडाईं रहेको बताए । ‘संविधानमा व्यवस्थामात्र होइन, विकासस“ग जोडिएको मूल कुरा छन् । आज बिजुली गाउ“गाउ“ पुग्ने क्रम जारी छ । बाटाघाटा र भौतिक संरचना बन्दैछन् । घाती कमल थापा, जो व्यवस्थाविरोधी, हाम्रा आन्दोलनविरोधी एमालेलाई हराउन र समृद्ध मुलुक क्षेत्र र बकैया बनाउन गठबन्धनका उम्मेदवार जिताउनु जरुरी छ,’ उनले बताए ।
नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिनले मुलुक र व्यवस्थाको अस्मितामाथि नांगो हस्तक्षेप गर्ने, महिला, दलित, अल्पसंख्यकको मुद्धामा खेल्ने, बजेटमा भेदभाव गर्ने, आफू र आसेपासेले झोले बन्ने प्रवृत्ति एमालेमा रहेकाले गठबन्धन जिताउनु जरुरी रहेको बताइन् ।
समाजवादीका नेता नारायण तिमल्सिनाले कमल थापाजस्ता व्यवस्थाविरोधीले उम्मेदवारी दि“दा मूल्यांकन गर्नु जरुरी रहेको बताउ“दै साझा उम्मेदवारले साझा प्रतिनिधि बनेर विकास र समृद्ध मुलुक र क्षेत्र बनाउनुपर्ने बताए ।
कांग्रेस बकैया पालिका सभापति दिलबहादुर भोम्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय सभापति ललित घलान, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछानेलगायतको सहभागिता थियो ।