६ कार्तिक २०७९- शुभ दिपावलीको अवसरमा मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिता आईतबार देखि शुरु भएको छ । प्रतियोगिताको उद्धघाटन प्रतिभा युवा क्लबका अध्यक्ष हेम बहादुर योन्जनको अध्यक्षता तथा नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगिताको उद्धघाटन गर्नु हुदै काग्रेस सह महामन्त्रि डिनाले खेल क्षेत्रको बिकासको लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ कि उमेद्धवार समेत रहेकी डिनाले मंसिर ४ गते मुलुकले नया नेतृत्व प्राप्त गर्ने दिन रहेको भन्दै उमंगका साथ गठबन्धनका उमेद्धवारलाई रुख र हसिया हतौडा चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह पनि गर्नु भयो ।
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १(क) का माओबादी केन्द्रको तर्फबाट गठबन्धन उमेद्धवार प्रेम बहादुर पुलामी छिन्तुले यस क्षेत्रको बिकासको लागि आफु सधै लागि पर्ने बताउनु भयो । हिजोका दिनमा पनि बिकास निर्माणका उल्यख्य काम भएको भन्दै बाकी कामलाई पुरा गर्ने अभिभारा पनि जनताले आफुलाई दिने बताउनु भयो । साथै उहाले खेलक्षेत्रको बिकास गर्नका लागि खेलकुद क्षेत्रमा लगानी बडाउनु पर्नेमा जोड दिनु भयो । खेलकुदका लागि आबश्यक स्टेडियम निर्माणको लागि आफ्नो सधै साथ सहयोग रहने बताउनु भयो । साथै उहाले सुभ दिपावलीको अबसरमा सुभकामना पनि ब्यक्त गर्नु भयो ।
मकवानपुरगढी गाउँपािलका अध्यक्ष दोर्जेलामा स्याङ्गतानले मकवानपुरगढी गाउँपालिका भित्र खेल संचालनका लागि स्टेडियम निर्माण गर्ने योजना रहेको बताउनु भयो । आगामि तीन बर्ष भित्र गाउँपालिकामा स्टेडियम निर्माणको लागि योजना बनाएर अघि बड्ने बताउनु भयो । स्टेडियम निर्माणको लागि प्रदेश र संघिय बजेटको लागि पहल भइरहेको बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले मकवानपुरगढी गाउँपालिका खेलकुद क्षेत्रमा संबृद्ध हुदै गहिरहेको बताउनु भयो । स्थानिय तहको तर्फबाट खेलकुदलाई सहयोग गरिरहेको र आगामि दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले खेलाडिलाई प्रोत्साहन र खेलकुद मैदान निर्माणको लागि सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नु भयो । भानु मा बि का प्रधानाध्यापक राजेन्द्र थापाले खेलकुदका गतिबिधि बड्नु सुखद बिषय भएको भन्दै खेलकुदको नियम र अनुशासनलाई ख्याल गर्न खेलाडीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बकैया गाउँपालिकाका निबर्तमान अध्यक्ष दामोदर खनाल ,नेकपा माओबादी केन्द्र गाउँ कमिटि अध्यक्ष राजकुमार खड्का , नेकपा एमाले गाउँकमिटी सह सचिव चन्द्र योन्जन, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आतबारबाट सुरु भएको प्रतियोगिता कार्तिक ७ गते सोमबार सम्म चल्ने छ । मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडी तथा क्लबले सहभागीता जनाएका छन । प्रतियोगिताको बिजेता टोलीले खशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेता हुने टोलीले बोका र तेस्रो हुने टोलीले कुखुराको भाले सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।