मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि भानु मा बिलाई ।


७ कार्तिक २०७९
मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि भानु मा बिले हात पारेको छ । प्रतिभा युवा क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा सेर्गे गुम्बा युवा क्लब गढी ४ बन्द डाँडालाई १ –० गोल अन्तरले पराजित गर्दै भानु माबिले उपाधि जितेको हो । बिजयी भानु माबि ले ३० केजी को खसी शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप बिजेता सेर्गे गुम्बा युवा क्लबले २० किलोको बोका, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने आमभन्ज्याङ्ग युवा क्लबले १० बजार रुपैया बराबरको ३ वटा कुखुराको भाले , शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
मकवानपुरगढी गाउँपालीका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको बिशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि एबं गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले खेल क्षेत्रको बिकास र खेल संचालनको लागि पालिकामा खेलकुद बिकास समिति गठन गर्ने बताउदै उहाँले आगामि आर्थिक बर्षमा गढी ३ मा रहेको भानु मिनि पिचमा प्याराफिट निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमा वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे वडा नम्बर ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सीना, रानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, नेकपा एमाले मकवानपुरगढी गाँउपालिका उप सचिव चन्द्र योन्जन , टावरडाँडा खानेपानी आयोजनाका अध्यक्ष शत्रुघन दुलाल , रेडियो मकवानपुरगढीका प्रबन्ध निर्देशक एम पि शर्मा , इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रमुख प्रेमशंकर प्रसाद यादब, गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार दुलाल, कालिदेबि दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बिक्रम योन्जन लगायतकाको आतिथ्यता रहेको थियो । प्रतियोगितालाई आगामि बर्ष पनि निरन्तर सन्चालन गर्ने आयोजक प्रतिभा युवा क्लबका अध्यक्ष हेम बहादुर योन्जनले बताउनु भयो । प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघ संस्था तथा ब्यक्तीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin