सिङतान एमाले त्यागेर माओबादीमा प्रबेश


हेटौंडा, १७(कात्तिक)
मकवानपुरको भिमफेदी गाऊँपालिका ३ का नेकपा एमाले नेता बाबुलाल सिङ्तान नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा प्रबेश गर्नुभएको छ । जसले ब्यबस्था बदल्यो उसैले अबस्था बदल्छ भन्दै नेता सिङतानले एमाले परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गर्नुभएको हो ।

नेता सिङतानले भन्नुभयो “जुन ब्यबस्था बदल्नको लागि कम्युनिष्ट आन्दोलनमा लागियो त्यही आन्दोलनको दमनकारीलाई टिकट बेच्ने दलबाट अब जनताले परिबर्तनको आशासम्म पनि गर्नु बेकार छ ।” गाऊँमा बिभेदको अन्त्य गर्दै हालको समाज रुपान्तरणमा माओबादीको भुमिका निर्णायका भएको भन्दै उहाँले अब जनताको अबस्था पनि यही दलले बदल्ने बिस्वासका साथ पार्टी प्रबेश गरेको जनाउनुभयो ।
सिङतानलाई स्वागत गर्दै नेकपा माओबादी केन्द्रकी नेता एबम् मकवानपुर क्षेत्र नम्बर १ –क) को सत्ता गठबन्धनकी साझा उम्मेदवार कुमारी मोक्तानले जनताको आशा र भरोसा मर्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । हालसम्म आफुहरुले जितेर राज्य ब्यबस्था परिबर्तन भैसकेको बताउदै अब अबस्था परिबर्तन गर्ने माओबादी केन्द्रको घोषणा रहेको समेत प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin