भत्ता खान संसद बन्न खोजेको होईन जनताको सेवा गर्छु– एकलाल श्रेष्ठ

नेकपा एमाले मकवापुर क्षेत्र नं–१ को ‘ख’ का उम्मेद्वार एकलाल श्रेष्ठले आफु भत्ता खान र नेता बन्न संसदमा जान नखोजेको र जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताएका छन् ।

बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा ५ को आयोजनामा गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त आफु संसदमा जान खोजेको बताएका हुन् ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा अनेक संकट आउँदा उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए ।

यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको श्रेष्ठको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानुन बनाउन पहल गर्ने , युवाहरुको विषयमा आवाज उठाउँने र हेटौंडाको विकासमा आहोरात्र खट्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin