नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ (क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले बागमती र बकैयामा रहेका खहरेहरु नियन्त्रण गर्न बिषेश योजना बनाइने बताउनुभएको छ । बागमती गाऊँपालिका वडा नम्बर १ को चुनाबी सभामा बोल्दै उहाँले यस क्षेत्रको समस्या बनेको खहरे नियन्त्रण गरिनुको साथै पर्यापर्यटनको विकास गरेर अबसरमा परिणत गर्ने योजना बनाउने समेत बताउनुभएको हो ।
उहाँले राईगाँऊ र माझगाऊँमा पुल, तटबन्धन, लगायत शिक्षा, स्वास्थ्य रोजगारको लागि आफुले पहल गर्ने बताउनुभयो ।
यस क्षेत्रमा आफुले गरिरहेको अधुरा काम पुरा गर्दै थप नयाँ र प्रभाबकारी योजना ल्याइने उहाँको भनाई रहेको छ । अगुवा कार्यकर्तालाई गठबन्धनमा मतदान गर्न र गराउन निर्देशन दिंदै उहाँले आफुहरु सफल हुन गठबन्धनको जित हुनुपर्नेमा जोड दिनुभयो ।
बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटि बागमती गाउँपालिका वडा नं. १ संयोजक श्याम जिम्बाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. १ की उम्मेद्वार महालक्ष्मी उपाध्याय (डिना), नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बिजय गौतम, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घन प्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति दामोदर खनाल लगायतको आतिथ्यता रहेको थियो ।