०६
०६ मङ्सिर- अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसरमा सोमबार साँझ हेटौडाको बुद्धचोकमा दिप प्रज्वलन तथा कोण सभा कार्यक्रमको आयोजना गरिएको छ ।
“पुरुष र मानसिक स्वास्थ्य” नारा सहित ग्रामीण महिला सेवा केन्द्र, बाल कल्याण समाज मकवानपुर, लैंगिक समानताको लागि पुरुष सहभागिता अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजालले हेटौडा उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, राष्ट्रिय बाल संजाल नेपाल, शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेश संगको समन्वयमा संयुक्त रुपमा कार्यक्रमको आयोजन गरिएको हो ।
बाल कल्याण समाज एबं लैंगिक समानताको लागि पुरुष सहभागिता संजाल मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मुक्तान, सेलर्ड मकवानपुरका प्रमुख जगन्नाथ सुबेदी हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईवाले मन्तब्य राख्नुभएको थियो ।
लैंगिक समानताको पक्षमा पुरुषहरुलाई बढी उत्तरदायी बनाउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको आयोजक संस्था मध्ये एक ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने दिपले जानकारी दिनुभयो ।
नेपालमा सन् २०१५ बाट मात्रै यो अभियान सुरु गरिएको भएपनि हाल विभिन्न जिल्लाहरुमा यो अभियान हुदै आएको छ यो कार्यक्रमका लागी नारी सिप सिर्जना केन्द्र, अस्मिता नेपाल, माईति नेपाल मकवानपुर, सेलर्ड मकवानपुर, सिविन नेपाल, एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन, साना हातहरु नेपाल, हिमराईट्स मकवानपुर, नारी संरक्षण केन्द्र, हामी दाजुभाई, फ्रेण्डस् हेटौडा, एकिकृत ग्रामीण महिला सेवा समाज, मकवानपर महिला समूह, ईटि एसी नेपाल, युवा सेवा समाज मकवानपुर, ब्लु डायमण्ड सोसाईटी, राडो नेपाल, लगायत संस्थाहरुले यस अभियान मा ऎक्यबद्धता जनाएका थिए ।
उक्त कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने दिपले संचालन गर्नुभएको थियो ।