१० मंसिर २०७९
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलिमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष जानकी दहालको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष जानकी दहालले संस्थाको बार्षिक प्रगति प्रतिबेदन ब्यबस्थापक शुभद्रा घिमिरेले आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक जोसिना बर्तौलाले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीले आर्थिक बर्ष २०७८/ ७९ मा ४ करोड ५४ लाख ५४ हजार ८ सय ७०को कारोबार गरेको छ । गत आर्थिक बर्षमा ३ करोड ७२ लाख ३८ हजार ३ सय ४१ रुपैयाको कारोबार गरेको सहकारीले जनाएको छ ।
सहकारीको साधारण सभाको अबसरमा असल ऋणि मनकुमारी बल, बाल बचत तर्फ प्रिन्सीका आचार्य, सम्राट न्यौपाने , ब्यक्तीगत बचततर्फ सबिता सुनार, नियमित शेयर खरिदकर्ता सीता फुँयाललाई सम्मान गरीएको थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपालीले सहकारीले महिलाको नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी संस्थामा आबद्ध महिलाहरुको जीबनमा आएको आर्थिक सामाजिक परिबर्तन संगै राजनितिक नेतृत्वमा सक्षम बनाएको बताउनु भयो । उपाध्यक्ष नेपालीले महिलाले नेतृत्व गरेको संघ, संस्था र सहकारीलाई अगाडी बढाउन छुट्टै योजना बनाएर जाने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यको प्रसंसा गर्नु भयो । सहकारीले बाख्राको पाठापाठि साटासाट, बेसार खेति प्रबर्धन लयायतका बिपन्नहरुको उत्थानमा काम गरेको भन्दै स्थानिय सरकारको पनि साथ र सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा बहुउद्धेश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रृजनशिल बचत तथा रिण सहककारी संस्थाका अध्यक्ष कृष्ण बिडारी, श्रमिक साना किसान सहकारी संस्थाका अध्यक्ष निर्मला लंसाल, जागरण बचत तथा रिण सहकारी संस्थाका सचिव सरीता बराईली, गाउँपालिका महिला बालबालिका शाखा प्रमुख मन्दीरा थापा, नबिल बैक मकवानपुरगढी शाखा प्रमुख पुष्पराम महत्व, रानि सामुदायिक बनका शत्रुघन दुलाल, संस्थाका पुर्ब अध्यक्ष भिमकुमारी न्यौपाने, उपाध्यक्ष सारदा दहाल लगायतकाले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप आफैले उत्पादन गरेर प्रशोधन गरेको बेसार एक एक प्याकेट प्रदान गरिएको थियो ।