२६ मंसिर २०७९- बागमती प्रदेशमा रहेका शिक्षाका लागि राष्टिय अभियानको सदस्य संस्थाहरुको दोश्रो महाधिबेशन चितबनको सौराहामा सम्पन्न भएको छ । शिक्षाका लागि राष्टिय अभियान बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा सम्पन्न भएको अबिधेशनमा प्रमुख अतिथि शिक्षाका लागि राष्टिय अभियान केन्दीय कार्य समितीको अध्यक्ष राजेन्द्र पहाडि , अन्य अतिथिहरुमा उपाध्यक्ष सान्त्वना देबकोटा, महासचिब सुदर्शन सिग्देल , कोषाध्यक्ष जेनी राई लगायतका ब्यक्तीहरुको आतिथ्यता रहेको थियो । निशुल्क गुणस्तरिय सार्बजीक शिक्षा संभब छ भन्ने मुल मर्म र भाबना ले र्सचालित अभियानको बागमती प्रदेश समिती चयनका लागि महासचिब सुदर्शन सिग्देश र कोषध्यक्ष जेनी राई लाईृ जिम्मेबारि तोकिएको थियो । निर्बाचन समिती का सदस्य जेनी राईले प्रकाश खतिबडाको अध्यक्षतामा ११ समिती निर्बिरोध निर्बाचीत भएको घोषणा गरेको थियो । समितीमा उपाध्यक्ष उषा बज्रचार्य, सचिब रामचन्द्र आर्चाय, कोषाध्यक्ष अनिता नेपाली, सदस्यहरुमा हर्क बहादुर तामागं, कृष्ण प्रसाद पराजुली, भिम पोखरेल, लक्ष्मि थापा र कुमारी बाईबा निर्बिरोध निर्बाचित हुनु भएको थियो ।
प्रमुख अतिथी केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडि ज्यु ले नब निर्बाचित समिती लाई बधाई ज्ञापन गर्नु हुदै सार्बजीक शिक्षा सबलिकरणमा, गुणस्तरिय र सबंैका लागि शिक्षा सुनिश्चितताको लागि बागमती प्रदेशले उपलब्धीमुलक कार्य गर्न सफल होस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो । नब निर्बाचित अध्यक्ष प्रकाश खतिवडाले प्रदेश सरकारको शिक्षा निती बनाउनमा सहकार्य गर्ने र सार्बजनीक शिक्षाको क्षेत्रमा भएको न्युन लगानीको कारणले गुणस्तर खस्कदै गएको र निजी बिधालय भर्नामा बृद्धि भएको ले सामाजिक असमानताहरु बढिरहेका सन्दर्भमा कृयाशिल हुने बताउनु हुदै एन सि ई बागमती प्रदेशको आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो । प्रदेशको सचिब राम चन्द्र आर्चाय द्धारा संचालित कार्यक्रममा प्रदेश सदस्य हर्क बा तामागं ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । केन्द्रीय महासचिब सुर्दशन सिग्देलले नब निबाचित प्रदेश समितीलाई शुभकामना ब्यक्त गर्नु हुदै गुणस्तरिय तथा समाबेशी सर्बजनीक शिक्षा एबं दिगो बिकाश लक्ष्य ४ हासिल गर्ने तर्फ प्रदेश समीती कृयाशिल हुदै आशातीत सफलता प्राप्त गर्न सक्षम हुन शुभकामना ब्यक्त गर्नु भएको थियो ।

शिक्षाका लागि राष्टिय अभियानको बागमती प्रदेश समिती पुर्नगठन
