मकवानपुरगढी गाउँपालिकाको गाईहरुमा लम्पी स्कीन रोग पुष्टि, रोगीपशुको पालिकाद्धारा निशुल्क उपचार ।

१६ पौष २०७९
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मापालिएकागाईहरुमाभाईसरबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ । स्थानियमधुसुधनदहालको लक्ष्मीनाराणयन बहुद्धेश्यीय कृषीफर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौ पठाईएकोमा ३ वटा गाईमा रोग पुष्टी भएको पालिकाको पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाहले बताउनु भयो । यसैबिच सोहि रोगबारे गाउँपालिकाले शनिबार अन्तरक्रियाकार्यक्रम समेत गरेको छ । कार्यक्रममामकवानपुरगढी गाउँपालिकाकाअध्यक्ष दोर्जे लामा स्याङतान्, वडा नम्बर ३ काअध्यक्षभागबत घिमिरे, पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाह, मनकामनादुग्धउत्पादक सहकारी संस्थाकाअध्यक्षअर्जुन प्रसाददहाल, श्रमिक सानाकिसान कृषी सहकारी संस्थाकाअध्यक्षनिर्मलालम्ंसाल, धमिले कृषी सहकारी संस्थाकाअध्यक्षनवराज संन्जेल, पशुप्राबिधिक,संचारकर्मी र कृषक उपस्थिति रहेको थियो । यो रोग लाग्दा पशुमा १०४ देखि १०५ फरेन्टहाई सम्मउच्चज्वरो आउने ,उत्पादन घट्ने ,वजन घट्ने शरिरमा फोकाफोकाआउने, र्याल सिंगानबगाउने,जस्ता लक्षण देखिएपनि मृत्यु दर भने कमहुने र खास उपचार नभएपनियी लक्षण देखिएमानजिकको पशु प्राबिधिकलाई संपर्क गर्न र कृषकलाई बिशेष सावधानिअपनाउनपशु शाखाप्रमुखशाहले आग्रहगर्नुभयो । रोग अर्को पशुमा सर्न नदिनकालागि रोगिपशुलाई कम्तीमा १५ दिन सम्म छुट्टै राख्ने ,गोठमा लामखुटे ,झिंगा नियन्त्रण गर्न ,भिरकोन स्प्रे गर्न कृषकहरुलाई अनुरोध गर्नु भयो । यो रोग मानिसमानसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रो संँग उमालेर पिउन सकिने समेत बताउनु भयो ।
कार्यक्रममा ३ नम्बर वडा अध्यक्षभागबत घिमिरेले सबै कृषकहरुले पशु बिमामाजोड दिनु पर्ने बताउनु भयो । उहाले पालिकाले समेत उपचारमाआबश्यक बजेट छुट्याएर तीब्र गतिमाउपचार गरेमाथोरै ठाउमा रोग देखिएकोले नियन्त्रण गर्न सकिने बताउनु भयो । त्यस्तै पालिकाअध्यक्ष दोर्जे लामा स्याङ्तानले अब एकद्धार प्रणालीबाट रोग निधान गर्दै निशुल्क उपचारको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्तगर्नु भयो । उहाँले दुग्ध सहकारीहरुलाई किसान सचेतनाका कार्यक्रम गर्न अनुरोध समेत गर्नु भयो । साथै पालिकाले शनिबारबाटै औषधी सहित प्राबिधिक टोली परिचालन गरेको पशुपन्छी बिकास शाखा प्रमुख शाहले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin