१८ पौष २०७९
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देबिडाँडामा रहेको सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको छ । मकवानपुरगढी गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका निमिक्त अध्यक्ष भोलानाथ दहाल , ब्यबस्थापन समितिका सदस्यहरु रुकमणी ढुङ्गाना , चन्द्रा सुनार,शान्तिमाया भ्लोन तथा बिध्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
बढ्दो जाडोका कारणले बालबालिकाहरुको पठनपाठनमा अबरोध नपुगोस भन्ने उद्धेश्यका साथ बिद्यालयका शिक्षकहरुको आर्थिक सहयोगमा ६५ थान न्यानो कपडा स्वीटर खरिद गरी ५० जना बालबालिकाहरुलाई सोमबार नै बितरण गरिएको र बाकी १५ जनाबालबालिकाहरुलाई पनि छिटै बितरण गरीने बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद सापकोटाले बताउनु भयो ।