२० पौष २०७९
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा पालिएका गाईहरुमा भाईरसबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भए पछि रोग नियन्त्रणको लागि पहल थालिएको छ । पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बागमती प्रदेश तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौडाले रोगी पसुको अनुगमन ,उपचार र रोग फैलिन नदिन पहल सुरु गरेको हो । स्थानिय मधुसुधन दहालको लक्ष्मी नाराणयन बहुद्धेश्यीय कृषी फामका ८ वटा गाईको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौ पठाईएकोमा ३ वटा गाईमा लम्पी स्कीन रोग पुष्टी भएको हो । गाई धमाधम बिरामी पर्न थाले पछि आफुहरु चिन्तीत भएको स्थानिय किसान भवानी शंकर दहालले बताउनु भयो ।
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बागमती प्रदेशका निमिक्त प्रमुख डा बज्र किशोर ठाकुरले लम्पी स्कीन रोग लगेका पसुको उपचार , रोग फैलिन नदिन आफुले मातहतका कार्यालयमा समन्वय गरिरहेको बताउनु भयो ।
कार्यक्रममा मकवानपुरगढि गाँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन, पशुपन्छी तथा मत्स्य बिकास निर्देशननालय बागमती प्रदेशका निमित्त निर्देशक डाक्टर ब्रजकिशोर ठाकुर , वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे , मकवापुरगढि पशुसेवा शाखा प्रमुख सत्यनारायण शाह, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौडाका कर्मचारीहरु , स्थानिय पशु प्राबिधिक तथा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।