मनकामना दुग्ध सहकारीको ३५ औं वार्षिक साधारणसभा, १ वर्षको कारोबार साढे १६ करोड भन्दा माथी

गोबिन्द शर्मा

३० पौष २०७९ – मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को ३५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १६ करोड ६३ लाख ७३ हजार ९६ रुपैयाँको कुल कारोबार गर्दा ३५ लाख ३८ हजार ५८८ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले १ वर्षमा दुध तथा दुग्ध पदार्थको मात्र कारोबार ९ करोड ७१ लाख ७५ हजार ३२० रुपैयाँको गरेको छ । साथै संस्थाले पशु आहार तथा खाद्यान्न , उपभोक्ता पसल , बचत तथा ऋण बाट समेत शेयर सदस्यहरुलाई सेवा दिइरहेको संस्थाकी ब्यवस्थापक शशी लम्सालले बताएकी छन् ।
साधारणसभाकै अवसर पारी संस्थाले विभिन्न ब्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । संस्थामा सबैभन्दा धेरै दुध बिक्री गर्ने ३ जनालाई पुरस्कार सहित सम्मान गरिएको छ । पुरस्कृत हुनेमा नरेन्द्र लम्साल , अर्जुन प्रसाद दाहाल र सुभद्रा बजगाई रहेका छन् । त्यसैगरी संस्थाले असली ऋणीमा भीम कुमारी न्यौपाने र पशुआहार तर्फ असली कारोबारमा मुकुन्द दाहाललाई पुरस्कार सहित सम्मान गरेको छ ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघको सदस्यमा नवनिर्वाचित बिदुर हुमागाई , जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद कडेल र सदस्य जनक रेग्मीलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षता तथा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ (क) का माननीय सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सभामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तान , राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य एवम् बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा र गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) को विशिस्ट आतिथ्यता रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितीका संयोजक भोलानाथ दाहालले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विक्रम संम्वत २०४२ सालमा स्थापना भएको संस्थाले हाल दैनिक ४३ सय लिटर दुध संकलन गरिरहेकोे छ भने संस्थाले आफ्नै दुग्ध प्रशोधन तथा विविधीकरण उद्योग स्थापना गरेको छ । हाल उद्योगबाट नौनी , घ्यु , पनिर , खुवा , छुर्पी लगायत उत्पादन गरि बिक्री गरिरहेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य बिदुर हुमागाई , जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष एवम् संस्थाका पुर्व अध्यक्ष बद्री प्रसाद लम्साल , ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरे , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , बागमती प्रदेश कृषि सहकारी संघका सदस्य एवम् श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था मकवानपुरका अध्यक्ष एवम् जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहाल , संस्थाका पुर्व अध्यक्षहरु , संस्थाका निवर्तमान ब्यवस्थापक बलराम हुमागाँई , हिमाल महिला बहुउदेश्य सहकारी सस्थाकि अध्यक्ष जानकी दहाल लगायत विभिन्न सहकारी, संघ संस्थाका प्रतिनिधि , पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup