मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगले प्राप्त गर्यो अनुज्ञापत्र।

 

०३ माघ २०७९ – मकवानपुरगढी गाउपालिका ०३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन तथा बिक्रि वितरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा बाट खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरेको छ यो संगै संस्थाले मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योग नाम सहित दुग्धजन्य परिकारहरु उत्पादन गर्न सुरु गरेको छ  ।

सहकारी संस्थाले मंगलवार खाद्य उत्पादन तथा बिक्रि वितरण प्रमाणपत्र प्राप्त गरेसंगै संस्थाको उद्योगबाट उत्पादन भएका घ्यु, पनिर, नौनी,दहि बिक्रि वितरण गर्न सहज बाटो खुलेको हो  हाल उद्योगबाट दैनिक रुपमा २०० के.जी नौनी ५०० के.जी घ्यु १०० के.जी पनिर र आवश्येकता अनुसार दहि उत्पादन गर्दै आइरहेको संस्थाकी ब्यबस्थापक शशी लम्सालले जानकारी दिनुभयो साथै ढिलामा १५ दिनभित्र लेबल सहित उद्योगका उत्पादन बजारमा उपलब्ध हुने समेत ब्यबस्थापक लम्सालले बताउनुभयो ।

संस्थाले हाल उत्पादन गरेको घ्यु रु  ५५० प्रति आधा केजी, नौनी रु ८५० प्रति के.जी दहि रु ११० प्रतिलिटर रु  600 प्रति के.जी  पनिर र दुध रु ७५ प्रतिलिटरमा स्थानीय तथा सहकारी मार्फत बिक्रि गर्दै आइरहेको छ भने संस्था मा दैनिक ४३०० लिटर दुघ  सङ्कलन हुदै आइरहेको ब्यबस्थापक लम्सालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin