१६ माघ २०७९
बागमती प्रदेशका प्रदेस सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले शहिदहरुले देखाएको अधुरा बाटोहरु पुरा गर्ने दाइत्व आफुहरुको रहेको बताउनु भएको छ । मकवानपुरगढी गाउँपालिकाले शहिद दिबसको अबसरमा आयोजना गरेको कार्यक्रममा प्रदेस सभा सदस्य छिन्तुले मुलुकको परिबर्तनको लागि बिभिन्न काल खण्डमा शहिदहरुले धेरै रगत बगाईसकेको र अब रगत बगाउन नपरोस भनेर कामना गर्नु भयो । पहिलो शहिद लखन थापा देखि राणा बिरोधी अन्दोलनमा सहिद भएका दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री हुदै जनयुद्धका सहिद रुद्र पाख्रिन र जनआन्दोलनका सहिद बासुदेब घिमिरे सम्म आई पुग्दा धेरै शहिदहरुले रगत बगाई सकेको भन्दै उहाँहरु नै अन्तिम शहिद बन्नु होस् भन्ने कामना पनि गर्नु भयो ।
उहाँले सहिदहरुकै बलिदानीका कारण आज हामी नेपालीहरु प्रजा नभई नेपाली नागरिक भएर बाँच्न पाएको बताउनु भयो । उहाले आफु जनप्रतिनिधि भईरहदा जनताको सिर झुक्न नदिने र शहिदले देखाएको बाटो नभुल्ने गरि काम गर्ने बताउनु भयो ।
शहिदहरुले रगत बगाएर ल्याएको ब्यबस्था उल्ट्याउन खोज्नेहरुलाई नेपाली जनताले परास्त गर्ने बताउनु भयो । आज राष्टियताको चर्का कुरागर्नेहरुले जनतालाई ढाट्ने र कानुनकै धज्जी उडाउन खोज्नेहरुबाट शहिदको सच्चा सम्मान हुन नसक्ने बताउनु भयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङतानले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकियो भने शहिदहरुको सच्चा सम्मान हुने भन्दै आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले मुलुकमा राजनितिक परिबर्तन भए पनि आर्थिक रुपमा जनताको जीबन स्तरमा परिबर्तन आउन बाँकी रहेको बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले दोन्दका घाउहरु अझै बाकी रहेको भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु्याउने र बेपत्ता ,घाईते, अपाङको उचित ब्यबस्थापन गर्ने तर्फ सरकारले बिशेष भुमिका खेल्नु पर्ने बताउनु भयो ।
सहिद दिबसको अबसरमा जनयुद्धका शहिद रुद्र बहादुर पाख्रिन को जीवन संगिनी रामाया पाख्रिन, जन आन्दोलनका शहिद बाशुदेब घिमिरेका पिता कृष्ण प्रसाद घिमिरे, कुबेर ढुङगानाको परिवार , सन्त बहादुर वाईबाको परिवार र दोसीत भ्लोनको परिवारलाई १० – १० हजार नगद र सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आइत सिङ लो वडा नम्बर ७ का अध्यक्ष सूर्य बहादुर रुम्बा,वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाई,समाजसेवी शत्रुघन दुलाल लगायतकाले शहिदहरुको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी ,लेखा प्रमुख रामकृष्ण श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । उक्त अबसरमा भानु माबि का छात्राहरु सयुसा फुँयाल, सन्ध्या दहाल , जेनिसा चौलागाई, रोजनी घोरासैनी, अप्सरा लंसाल लगायतले शहिदको बारेका कबिता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण कबिराज हुमागाँईले गर्नु भएको थियो ।