अमिर परिश्रमी
२१ माघ २०७९ – ग्रामीण महिला सेवा केन्द्रले परिवर्तनका संवाहक कक्षा सहजीकरण गर्नुहुने सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण गरेको छ ।
ग्रामीण महिला सेवा केन्द्रकि अध्यक्ष सुलोचना स्यांताङ्को सभा अद्क्ष्यतामा भएको कार्यक्रमा सन् २०१९ देखी सन् २०२२ सम्म परिवर्तनका संवाहक सहजीकरण गर्नुहुने सहजकर्ताहरुलाई संस्थाले प्रशंसा पत्र वितरण गरिएको हो । परिवर्तनका संवाहक कक्षा सहजकर्ताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरि सहजीकरण प्रकियामा आफ्नो ज्ञान सिप समय प्रदान गर्नुहुने सहजकर्ताहरुको सम्मान स्वरूप प्रशंसा पत्र वितरण गरिएको ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने जानकारी दिनुभयो ।
कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष, सचिब, कार्यसमिति सदस्यहरु तथा कार्यक्रम संयोजक लगायतकाको उपस्थिती रहेको थियो भने कार्यक्रममा बोल्नुहुदै संस्थाकी उपाध्यक्ष लक्ष्मी मुक्तानले संस्थाले जहिलेपनि महिला बाल बालिका संग काम गर्दै आइरहेको अवस्थामा प्लान ईन्टरनेशनल नेपाल संगको सहकार्यमा बालिका शक्ति परियोजना हुदै नेतृत्व र निर्णय कार्यक्रम मार्फत बालबालिका साथ साथै युवाको क्षेत्रमा काम सुरु गरिएको र परिवर्तनका संवाहक कक्षा सहजीकरणमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद समेत ब्यक्त गर्नुभयो ।तेस्तै सहजकर्ताहरु मेनुका लामा ब्लोन र रामजी प्रसाद हुमागाईले सिकाइ तथा अनुभब सहित मन्तब्य राख्नुभएको थियो ।