नेत्रहीन मकवानपुरको आयोजनामा तीन दिने मसला उत्पादन प्याकेजिङ र बजारीकरण तालिम सुरु ।

अमिर परिश्रमी

०८फागुन २०७९- मकवानपुर नेत्रहिन संघको आयोजनामा हेटौडा तिन दिने मसला उत्पादन र बजारीकरण तालिम आईतबारबाट स’रु भएको छ ।
मकवानपुर नेत्रहिन संघका अध्यक्ष केदार बहादुर बजगाईको अध्यक्षता भएको कार्यक्रममा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता , संस्थाका संस्थापक अध्यक्ष प्रबिण वाथा , पुर्ब अध्यक्ष तोरण बहादुर ओजाको आतिथ्यता रहेको थियो ।
दृष्टी बिहिनहरुको आय आर्जन गर्नका लागि तालिम प्रदान गर्न लागिएको संघका जिल्ला अध्यक्ष बजगाईले बताउनु भयो । कुल २२ सहभागि हुनु भएको तालिममा रोशन प्रजापतिले सहजिकरण गर्नु हुने छ । कार्यक्रमको संचालन संघका निबर्तमा अध्यक्ष यादब खनालले गर्नु भएको थियो ।
कार्यक्रम गर्नको लागी हेटौडा उपमहानगरपालिका मुख्य सहयोगी तथा सहयोग र सरोकार संस्था काभ्रे सह सहयोगीको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin