यौनिक तथा अल्पसंख्यक समुदायमा आधारित चलचित्र निलो फुलको हेटौडामा प्रदर्शन

अमिर परिश्रमी – हेटौडामा यौनिक तथा अल्पसंख्यक समुदायमा आधारित चलचित्र निलो फुलको प्रदर्शन गरिएको छ उक्त प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकाश मन्त्रि कुमारी मुक्तान जिल्ला समुन्वय समिति प्रमुख ललित घलान, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक तथा बिद्यार्थी, यौनिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधि संचारकर्मी सुरक्षाकर्मि लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम मा चलचित्रका निर्माता एबम निर्देशक सुनिल बाबु पन्तले आफुले निरन्तर २३ वर्षदेखि यो बिषय सशक्त रुपमा उठाउदै आईरहेकोले चलचित्रको माध्याम बाट पितृसत्तात्मक सोच तथा यस समुदायको बिषयमा समुदायमा ब्याप्त मनस्थितिमको बारेमा समेत प्रस्ठ पार्न खोजिएको बताउनु भयो तेस्तै उहाँले यो चलचित्र नेपालका ५ वटा जिल्लाहरुमा प्रदर्शन गर्न अमेरिकी राजदुवासले प्रवेश निशुल्क गर्न सहयोग गरेको समेत बताउनुभयो ।

फ्रेण्डस हेटौडा संगको समुन्वयमा गरिएको चलचित्र प्रदर्शन पछी विभिन्न संग संस्थाका प्रतिनिधिहरुले चलचित्र प्रति आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बिकाश मन्त्रि कुमारी मुक्तानले आफुले यो चलचित्र हेरेपछि यो समुदायको मानेमा थप बुझ्ने मौका पाएको बताउदै फ्रेण्डस हेटौडा संगको समुन्वयमा मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा नीति निर्माणको लागि मस्यौदा तयार गरिरहेकोले समाजमा महिला पुरुष जस्तै यो समुदायलाई पनि सहज रुपमा लिन आग्रह गर्दै यो समुदायको हक अधिकार प्रति आफुलाई सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

फ्रेण्डस हेटौडाकि कार्यक्रम संयोजक किरण थापाले यौनिक तथा अल्पसंख्यक समुदायको भित्रि कथा आम समुदाय संगै सरकारी स्तरमा चलचित्रको माध्यमबाट पुर्याउन प्रयाश गरेको बताउनुभयो भने चलचित्र अघि तथा पछिको कार्यक्रम संचलान समेत संयोजक थापाले गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin