अमिर परिश्रम
२४ फागुन- २०७९ , ११३ औ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम सम्पन्नभएको छ । हेटौडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो उक्त प्रभातफेरी कार्यक्रम हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतता एबम जिल्ला समुन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आथित्यता मुसिकोट नगरपालिका प्रमुख महेन्द्र के.सी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको बिशेष आथित्यता जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख बामदेब गौतम, शसस्त्र प्रहरी बल प्रमुख अनिल कार्की हेटौडा उपमहानगरपालिका महिला तथा बालबालिका महासाखा प्रमुख बिष्णु कुमारी लामिछाने भिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि, सुरक्षाकर्मी आदिको उपस्थिती रहेको थियो ।
हेटौडा उपमहानगरपालिकाको कार्यालय बाट सुरु भयको यात्रा मानस चोक, लोकप्रिय होटल उद्योग बाणिज्य संघ पिपलबोट हुदै बुद्धचोकमा पुगी समापन कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त समापन कार्यक्रममा हेटौडा उपमहानगरपालिका महिला तथा बालबालिका महासाखा प्रमुख बिष्णु कुमारी लामिछानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने मेची कलि संयुक्त बुहारी समुहकी राधा सापकोटा, सहायक प्रमुख अधिकारी नेत्र प्रसाद शर्मा, मिसिकोट नगरप्रमुख महेन्द्र के.सी ललित घलान हेटौडा उपमहानगरपालिका नगरप्रमुख मिना कुमारी लामाले आफ्नो मन्तब्य राख्नु भएको थियो भने सोहि अवसरमा संदेश मुलक लुडो खेल समेत खालाईएको थियो ।
यसै बीच लैगिंक समानताको लागी चेतनामुलक सन्देश प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । हेटौडाको बुद्ध चोकमा लैगिंक समानताको लागि चेतनामुलक सन्देश प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितीको प्रमुख ललित घलान, लैगिंक हिंसा बिरुद्ध पुरुष सहभागिता संजाल – मेन ईगेज एलायन्सका मकबानपुरका अध्यक्ष प्रकाश खतिवडा र यौनिक तथा लैगिंक अल्पसख्यक समुदायको प्रतिनिधित्व गर्दै फ्रेन्डस हेटौडाको अध्यक्ष किरण थापाले संयुक्त रुपमा सन्देश प्रदर्शन गर्नु भएको थियो ।
लैगिंक हिंसा बिरुद्ध पुरुष सहभागिता संजाल – मेन ईगेज एलायन्सका मकबानपुरका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता, जिल्ला समन्वय समितीको प्रमुख ललित घलान को प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरुमा ईन्सेक हेटौडाको संयोजक गणेश भण्डारी, फेन्ड् हेटौडाकोे प्रमुख किरण थापा, ग्रामीण महिला सेबा केन्द्रको दिप न्यौपाने, माईती नेपालको माया लामा, गैसस महासंघ जिल्ला अध्यक्ष रमिला सापकोटा, नारी शिप सृजना केन्द्रका चिरन्जीबि पौडेल, ईस्थर बेन्जामिन स्मृती सस्थाका बुद्ध बिर लामा, नारी संरक्षण केन्द्रका जेरम घले, सानाहातहरु नेपालका दिकम्बर रुपाचा, महिला तथा बालबालिका सरोकार केन्द्रकी सरु बिक, हिमराईट्स मकबानपुरकि कुमारी बाईबा, हिरन्य नेपालको कल्पना शर्मा, नारी संरक्षण केन्द्रकि दिपा गुरुगं, मदन भण्डारी स्वास्थबिज्ञान प्रतिष्ठानका अमर अधिकारी, ईबिएमएस बिनिता सुनार, सानाहातहरुका दिपक रुम्बा, ईन्सेकका सोम नेपाली, बिडिएस का बिनोद प्रसाद ढकाल, सामुदायिक प्रहरीका सिता खती्र, लगायतका हरुको आतीथ्यता रहेको थियो ।
प्रमुख अतिथी जिल्ला समन्वय समितीको प्रमुख ललित घलानले लैगिक समानताको लागि ब्यक्तीहरुलाई सचेत पारीराख्नु पर्दछ भन्नुहुदै लैगिंक हिंसाको बिषय महिलको मात्र नभई पुरुष, यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय, परिबार, समाज, राष्ट्र, र बिकाशको मुद्धा भएकोले यसलाई बेलैमा सम्बोध गर्नु पर्ने कुरा बताउनु भएको थियो । सामाजिक सस्थाहरु र सरकारको सहकार्यमा भएको कार्यक्रमको सरहाना गर्नु हुदै प्रमुख अतिथी घलानले चेतना मुलक सन्देशले मानबको चेतना सकारात्मक बनाउन मद्धत गर्ने भएकोले कार्यक्रम उपलब्धीमुलक रहेको बताउनु भएको थियो ।
कार्यक्रमको सभाध्यक्षता गर्नु भएका लैगिंक हिंसा बिरुद्ध पुरुष सहभागिता संजाल – मेन ईगेज एलायन्सका मकबानपुरका अध्यक्ष प्रकाश खतिवडाले अनौपचारीक क्षेत्रमा महिला र पुरुषको समान कामको समाज ज्याला नभएकोले समान ज्यालाको सुनिश्चितता, छोरीलाई श्रममा होईन बिधालय पठाउन, लैगिक समानता र सामाजिक समाबेशिकरण कायम गर्न यस्ता कार्यक्रमले सन्देश फैलाउने भएकोले सचेतना गरिएको बारे बताउनु भएको थियो ।
पितृ सत्तात्मक सोचलाई रुपान्तरण गरी लैगिंक समतामुलक मानब अधिकार मैत्रै समाजको निर्माणको लागि सन्देश प्रभाह गरेको बारे ईन्सेकका गणेश भण्डारीले बताउनु भएको थियो । यसै गरि माईती नेपालको कार्यक्रम संयोजक माया लामाले नेपालको संबिधान अनुरुप महिलाको अधिकार सुनिश्चित हुन आबश्यक रहेकोले चेतना सबै बर्गलाई आबश्यक रहेको बताउनु भएको थियो । यसैगरी हिमराइट् कि कुमारी बाईबाले महिला र बालबालिकाको बेचबिखन हुने गरेकोले यसको अन्त्य आबश्यक रहेको बताउनु भएको थियो । गैसस महासंघ जिल्ला अध्यक्ष रमिला सापकोटा ले सामाजिक अभियन्ताहरुले समय सापेक्ष संचालन गरेको मौलिक कामले समुदायलाई सचेत बनाउन सहयोग पुग्ने बताउनु भएको थियो । यसै गरि यौनिक तथा लैगिंक अल्पसख्यक समुदायको प्रतिनिधित्व गर्दै किरण थापाले सबै बर्गले आत्म सम्मानका साथ बाच्न पाउने अधिकारको सुनिश्चितको लागि आबाज आज बुलन्द गरीएको छ । तसर्थ यौनिक तथा लैगिंक अल्पसख्यक समुदाय लाई मानब अधिकार को प्रत्याभुती दिलाउन सबैलाई अग्रह समेत गर्नु भएको थियो ।
प्रदर्शन गरिएको सन्देश हरुमा एकल महिला लाई सम्मान गरौ, भाबना बुझौ, छोरा र छोरी मा शिक्षामा भएको भेदभाबको अन्त्य गरौ, लैगिंक समानताको क्षेत्रमा पुरुषको सहभागिता सामाजिक रुपान्तरणको महत्वपुर्ण कडि बन्न सक्दछ, पितृ सत्तात्मक सोचलाई रुपान्तरण गरी लैगिंक समतामुलक मानब अधिकार मैत्रि समााजको निर्माण गरौ जस्ता नाराहरु प्रदर्शन गरीएको थियो ।
सामाजिक बिकाश मन्त्रालय बागमती प्रदेश, हेटौडा उपमहानगरपालिका, मेन ईगंज एलायन्स मकबानपुर, शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश , नारी संरक्षण केन्द्र, ईस्थर बेन्जामीन स्मृती सस्था, ग्रामीण महिला सेबा केन्द्र, बाल कल्याण समाज मकबानपुर, माईती नेपाल, हिमराईट्स, कोशिश नेपाल, ईन्सेक मकबानपुर, जिल्ला प्रहरी कार्यालय मकबनपुर, राष्ट्रिय बाल संरक्षण संजाल नेपाल, फेन्डस् हेटौडा, समृद्ध समाज दैनीक, सानाहातहरु नेपाल, ईटिएससि नेपाल, हामी दाजुभाई, राडो नेपाल, सामुदायिक प्रहरी, हिरन्य नेपाल, लगायतका सरकारी तथा गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको बारे ग्रामीण महिला सेबा केन्द्रका कार्यक्रम संयोजक दिप न्यौपाने ले बताउनु भएको थियो । कार्यक्रमको उदघोषण नारी संरक्षण केन्द्रका जेरम घले ले गर्नु भएको थियो ।