११३ औ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा मंगलबार खेलकुद कार्यक्रम तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

अमिर परिश्रमी

२५ फगुन २०७९- ११३ औ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा मंगलबार हेटौडामा खेलकुद कार्यक्रम तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार भएको खेलकुद कार्यक्रम अन्तर्गत चम्चा दौड, तथा तातो आलु खेल संचालन भएको थियो उक्त खेलकुद कार्यक्रमको समापन कार्यक्रमको सभाध्यक्षता ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानले गर्नुभएको थियो ।
सो कर्यक्रमममा हेटौडा उपमहानगरपालिका वडा नाम ५ कि वडा सदस्य रंजिता सिलवाल वडा नाम १० वडा सदस्य गोमा सुनार हेटौडा उपमहानगरपालिकाकी महिला बालबालिका महासाखा प्रमुख बिष्णु कुमारी लामिछाने मानब ओसारपसार तथा बेचबिखन बिरुद्धको संजालकी कुमारी वाईवा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संजालकी लामाले स्वागत मन्तब्य राख्नुभएको थियो भने उपमहानगरपालिकाकी महिला बालबालिका महासाखा प्रमुख लामिछानेले शुभकामना मन्तब्य राख्नु भएको थियो उहाले संघ संस्थाले कार्यालय संग निरन्तर समन्वय गरेकोमा खुशी ब्यक्त गर्नु भएको थियो साथै आगामी दिनहरुमा ग्रामिण क्षेत्रका दिदीबहिनी लक्षित कार्यक्रम गरिने पनि बताउनुभयो ।
खेलकुद कार्यक्रम अन्तर्गत चम्चा दौडमा खेलमा शिजा प्रजाले सान्त्वना, रमिला बलले तृतीय, सकुन्तला पौडेलले द्धितिय र राजेन्द्र गोलेले प्रथम स्थान हासिल गर्नुभएको थियो तस्तै तातो आलु खेलमा कमला शर्माले सान्त्वना,शारदा चौलागाईले तृतीय रमिला बलले द्धितिय र गोमा सुनारले प्रथम स्थान हसिल गर्नुभएको थियो भने बिजयी सबैलाई महासाखा प्रमुख लामिछानेले पुरस्कार वितरण गर्नुभएको थियो ।
तेस्तै सितलमहल चोकमा भएको दिप प्रज्वलन कार्यक्रम अन्तरगत मेन इन्गेज एलाईन्स मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आथित्यता तहेको थियो तेस्तै फ्रेण्डस हेटौडाकि कार्यक्रम संयोजक किरण थापा, तस्तै सामाजिक बिकाश मन्त्रालय बागमती प्रदेशकि चन्दा व्यन्जनकार हेटौडा उपमहानगरपालिकाकी महिला बालबालिका महासाखा प्रमुख बिष्णु कुमारी लामिछाने जिल्ला प्रहरी कार्यालय मकवानपुरकी महिला बालबालिका तथा जेष्ठ नागरिक सहायता कक्षकी प्रमुख एबम प्रहरी निरिक्षक चुडा कुमारी खड्का, बुद्ध बिर लामा, दिपक न्यौपाने, चिरन्जीवी पौडेल, माया लामा, दिपा गुरुङ सानु घलान लगायत मकवानपुर जिल्लाका सबै गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
उक्त दिप प्रज्वलन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, मेन इन्गेज एलाईन्स मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा र फ्रेण्डस हेटौडाकि कार्यक्रम संयोजक किरण थापाले संयुक्त रुपमा दिप प्रज्वलन गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्नुहुदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी प्रतिनिधि एबम फ्रेण्डस हेटौडाकि कार्यक्रम संयोजक किरण थापाले आजको मितिबाट नै हामीले लैंगिक समानतामा जोड दिनुपर्ने बताउनु भयो तेस्तै नगर प्रमुख लामाले यस्तो कार्यक्रम आयोजना गर्दा समुन्वय गर्नुभयकोमा खुशी ब्यक्त गर्नु भयो ।
कार्यक्रामको समापान गर्नुहुदै मेन इन्गेज एलाईन्स मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले पत्रकारले समाबेसी रुपमा कलम चलाउन अनुरोध गर्नुभयो।
सामाजिक विकाश मन्त्रालय बागमती प्रदेश, हेटौडा उपमहानगरपालिका, मेन इन्गेज एलाईन्स,ग्रामिण महिला सेवा केन्द्र, नारी संरक्षण केन्द्र लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

समाचार स्थानीय