मकवानपुर , हेटौंडा – ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि. र संस्थाका कर्मचारीहरु मिलेर हेटौंडा – ९ मा रहेका विपन्न श्रमिक परिवारलाई नगद सहित खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरसको कारण गरिएको लकडाउनबाट समस्यामा परेका दैनिक ज्याला गरि दैनिकी चलाइरहेका हेटौंडा – ९ का योगेन्द्र गिरि , सुर्यबहादुर स्याङ्तान र सन्जुमाया लामाको परिवारलाई सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष रामहरि न्यौपानेले बताउनु भएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक अरुण कुशुवाह , संस्थाका ब्यवस्थापक महेश अधिकारी , कर्मचारीहरु मदन न्यौपाने , विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।



