नेपाल दलित मुक्ती मोर्चा मकवानपुरगढीको अध्यक्षमा दुर्गा बहादुर विश्वकर्मा


२० चैत्र २०७९
नेपाल दलित मुक्ती मोर्चा मकवानपुरगढी गाउँपालिका कमिटीको अध्यक्षमा दुर्गा बहादुर विश्वकर्मा केशब सर्बसम्बत चयन हुनु भएको छ । आइतबार सम्पन्न ९ औ साधारण सभाले ११ सदस्य कमिटी गठन गरेको हो।
कमिटिको उपाध्यक्षमा सीता कामी र योग बहादुर विश्वकर्मा सचीवमा सरिता विश्वकर्मा कोषाध्यक्षमा काजिमान विश्वकर्मा सदस्यहरुमा रमेस विश्वकर्मा, शोभा सेवा, रिदम सुनार , सुरेश विश्वकर्मा, धनबहादुर विश्वकर्मा, जोगमाया विश्वकर्मा चयन हुनु भएको छ ।
नेपाल दलित मुक्ती मोर्चा मकवानपुरगढीका अध्यक्ष बलराम विश्वकर्माको अध्यक्षता र नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोर्चाकी केन्द्रिय सदस्य तथा जिल्ला सह- सम्योजक कमला विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।

 

Flash News Slide Uncategorized राजनीति समाचार स्थानीय