सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन जग्गा कब्जा

हेटौंडा,२४ चैत /लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आएको जग्गा सरकारी मिलेमतोमा व्यक्तिको नाममा नाप नक्सा गरिएको भन्दै उक्त जग्गा उक्त जग्गामा बसोबास गर्ने सुकुम्बासीहरुको उपस्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले एक कार्यक्रम विच कब्जा गरेका छन् ।

शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा न. १५ भाेर्ले स्थित सुकुम्बासी वस्तीमा रहेकाे क्त स्थानमा रहेको कित्ता नम्बर १, ५ ,३४, २६, ७७, ७४, ६१ र २६७ को जग्गामा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) पार्टीको झण्डा गाडेर कब्जा गरेकाे हाे ।

विगत ४० वर्षदेखि नियमित वसाेवार गर्दै आएकाे सुकुम्बासी वस्तीमा सरकारी मिलेमताेमा टेक बहादुर बलकाे नाममा नाप नक्सा भएकाे भन्दै सुकुम्बासीहरु आक्रोसित भएका थिए ।

जग्गा कब्जा घाेषणा कार्यक्रममा बाेल्दै नेकपा( क्रान्तिकारी माओवादी) मकवानपुर जिल्ला सेक्रेटरी दिक्पालले सुकुम्बासी समुदायले लामाे समयदेखि बसाेबास गर्दै आएकाे यस क्षेत्रमा राज्यले विनाशर्त अधिकारसहित बसाेबासकाे व्यवस्था नहुन्जेल आफ्नाे पार्टी सुकुम्बासीहरुकाे पक्षमा लडिरहने बताउनु भयाे।

उक्त कार्यक्रममा नेकपा( बहुमत) मकवानपुर जिल्ला संयाेजक शक्तिले सुकुम्बासीहरुले बसाेवास गर्दै आएकाे क्षेत्रमा कसैले आक्रमण गर्न आए तिनिहरुकाे प्रतिकार गर्ने बताउँदै सुकुम्बासी समुदायकाे समस्या समाधान नभएसम्म आन्दोलन नराेकिने बताउनु भयाे। जग्गा कब्जा घाेषणा कार्यक्रम पछि दुबै पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा कब्जामा लिएकाे बताएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा “सरकारी कर्मचारिकाे मिलेमताेमा व्यक्तिको नाममा रहेकाे १, ५, ३४, २६, ७७, ७४, ६१, र २६७ कित्ता भित्र बसाेबास गर्दै आएका सुकुम्बासीहरुलाई उनीहरु बसाेबास गर्दै आएकाे जमिन विनाशर्त उनीहरुकै नाममा उपलब्ध गराउन सम्वन्धित सराेकारवाला पक्षसंग जाेडदार माग गर्दै उक्त कार्य पूरा नहुदासम्म साे स्थानमा रहेका सम्पूर्ण कित्ताहरु आजको मितिवाट कब्जा गरिएको जानकारी गराउँदछाै ।” भनिएकाे छ।
जग्गा कब्जा कार्यक्रम सुकुम्बासी समुदायकाे उल्लेख्य उपस्थित रहेको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup