७बैशाख २०८० मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शैलेन्द्र भण्डारी आउनु भएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका कार्यालयले भण्डारीलाई स्वागत गरेको छ । यस अघि गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेर सरुवा हुनु भएका रामकुमार पुडासैनीलाई आजै बिदाई गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान,उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली लगायत वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।