विद्यालय भवन उद्दघाटन तथा समुदायलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न ।

९ वैशाख २०८० – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ धेत्रेदमारमा चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाको व्यवस्थापनमा निर्माण गरिएको श्री काला भैरब प्राथमिक विद्यालको नवनिर्मित २ कोठे विद्यालय भवन, बालमैत्रीको खानेपानीको धारा तथा शौचालय एक कार्यक्रम बिच चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठ र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले संयुक्त रुपमा उद्दघाटन गरि  समुदायलालाई हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आथित्यता, चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठको बिशेष आथित्यता रहेको थियो भने उक्त कार्यक्रमको अथितीमा बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एबम बकैया गाउँपालिका शिक्षा विकाश साखा संयोजक गोपाल बहादुर न्यासुर , वडा नम्बर १२ वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईं, इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम   व्यवस्थापक बुद्धबीर लामा, अनुगमन तथा मूल्यांकन प्रमुख सानुकान्छा घलान सोहि संस्थाका सल्लाहकार जगदिस भट्टराई बिद्यालयका प्रधानाध्यापक चेत बहादुर घले,स्थानीय समाजसेवी,अभिभावक, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक चेत बहादुर घलेले स्वागत मन्तब्य राख्दै यति सुन्दर विद्यालय संस्थाले निर्माण गरेकोले अब स्थानीय सरकारले घेराबारा गर्न आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गर्दै   आफुले गत भदौमा विद्यालयका बाल बालबालिकालाइ बोकेर खोला तारेको स्मरण गर्दै पुलको माग समेत थप गर्नुभएको थियो ।

कार्यक्रममा इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम   व्यवस्थापक बुद्धबीर लामाले भत्किएको विद्यालयमा कठिन रुपमा पठनपाठन भैरहेको अवस्थाका कारण यस विद्यालयमा सहयोग गरिएको बताउदै बकैया गाउँपलिकामा आफ्नो संस्था शिक्षाको साझेदारको रुपमा रहन चाहेकोले पालिकाले शिक्षालाइ प्रमुख बिषयको रुपमा लिन अनुरोध गर्नुभएको थियो । तेस्तै गाउँपालिका शिक्षा विकाश साखा संयोजक गोपाल बहादुर न्यासुरले पालिका सहयोगी संस्था संग सहकार्य गर्न तयार रहेको र १ बर्ष भित्र विद्यालय हातामा घेराबारा समेत गरिने बताउनुभयो ।

कार्यक्रमकी बिशेष अथिति चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठले विद्यालय भवन निर्माण कार्य सम्पन्न भईसकेकोले अब नियमित बालबालिका विद्यालय आउने बाताबरण सृजना गर्न जोड दिदै बाल विकाश कक्षाको लागि तत्काल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विद्यालयका लागि पनि थप सहयोग गर्न सकिनेमा आफु सकारात्मक रहेको बताउनुभयो ।

बकैया गाउँपालिकाका अध्यक्ष एबं कार्यक्रमका प्रमुख आथिती धर्मराज लामिछानेले दुर्गम स्थानमा भवन निर्माण गरकोमा धन्यवाद ब्यक्त गर्दै पालिका संस्थागत सहकार्य गर्न पूर्ण तयार रहेको समेत बताउनुभयो संगै यो शैक्षिक सत्र बाट हरेक विद्यालयमा कक्षा १ बाट अंग्रेजी माध्याम बाट पठनपाठन सुरु गर्न लागिएको समेत बताउनुभयो ।

कार्यक्रममा चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठ, इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम   व्यवस्थापक बुद्धबीर लामा,अनिरुद्र खबरका अनिल पराजुली लगाएतलाइ मायाको चिनो विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin