२ दिने अभिभावक सचेतना कार्यक्रम सम्पन्न।

१२ वैशाख २०८० – मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १० अम्वासमा रहेको श्री सरस्वती आधारभूत विद्यालय को आयोजनामा बालमैत्री व्यवहार सरसफाइ तथा शिक्षामा अभिभावक को पूर्ण जिम्मेवारी विषयक दुईदिने अभिभावक सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ।
विद्यालयका अभिभावकहरुलाई असल अभिभावकत्व बहन गराउने उद्देश्यसहित यो सचेतना कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक सिमोन आले मगरले बताउनु भएको छ।
दिने कार्यक्रममा अभिभावक सँग बृहत अन्तरक्रियात्मक ढङ्गबाट सहजिकरण गरिएको थियो। विद्यार्थीलाई बाल मैत्री व्यवहार तथा सरसफाइमा ध्यान केन्द्रित गराउने उद्देश्यसहित कार्यक्रम गरिएको प्रअ मगरले थप्नुभयो। उक्त कार्यक्रममा अभिभावकमा हुनुपर्ने गुणहरु, भर्ना हुने उमेर समूह, भयरहित सिकाइ दिवाखाजा, बालबालिका हरूको बारेमा विद्यालयमा गरिने छलफल, सरसफाइ, घरायसी वातावरण, धुम्रपान, मध्यपान, राम्रो बोलिवचन, बाल अधिकार को बारेमा सहजकर्ताहरु बुद्धवीर लामा र अमिर दाहालले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो दिनमा भएको औपचारिक समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध वहादुर भोलनको सभाध्यक्ष तथा सोही वडाकी वडा अध्यक्ष कमलाकुमारी वाइबाको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा स्थानीय वडा सदस्य तीर्थराज भोमजन निवर्तमान अध्यक्ष सन्मान न्यासुर इस्थर वेन्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापक बुद्धवीर लामा समाजसेवी बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो।
विद्यालयमा विभिन्न माध्यमबाट सहयोग पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो कार्यक्रममा शैक्षिक सामाग्री सहयोग गर्नुहुने स्थर वेन्जामिन स्मृति संस्था, विद्यालयका जग्गादाता विष्णुबहादुर बोलन, संस्थापक शिक्षक जगत वहादुर आले लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्नुहुने शिक्षकहरुको शर्मिला तिमल्सिना तथा जितेन्द्र आले त्यस्तै बुहारीलाई शिक्षा प्रदान गर्नुहुने जितबहादुर थोकर लाई समेत सम्मान गरिएको थियो। सोही कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनु हुने छात्र एवं छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो। कार्यक्रममा बोल्नुहुँदै स्थर वेन्जामिन संस्थाका कार्यक्रम व्यवस्थापक बुद्धवीर लामाले कुनै पनि बालबालिका आर्थिक अभावले पढाइ छोड्न नपर्ने बताउँदै त्यस्ता बालबालिकाहरुलाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै वडा अध्यक्ष कमला कुमारी लामाले सम्पुर्ण अभिभावकहरुलाई आफुले सहजीकरणमा सिकेका कुराहरु आफ्नो जिबनमा पूर्णरुपले कार्यान्वयन गर्नसमेत अनुरोध गर्नु भएको थियो।
विद्यालयका प्रधानाध्यापक सिमोन आलेमगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup