२० बैशाख २०८०- बकैया गाउँपालिका संगको समन्वय चाईल्ड रेस्क्यु नेपाल, ब्रिटिष्ट एन्ड फरेन स्कुल सोसाइटी- एजुकेसनल अपर्चुनीटि फर अलको आर्थिक सहयोग तथा ईस्थर बेन्जामिन स्मृति संस्थाको आयोजनामा बकैया गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३० जना शिक्षकहरुका लागि प्रदान गरिएको आकर्षक कक्षाकोठा गुणस्तरीय सिकाइ सम्बन्धि तालिम सौराहमा सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई कक्षा कोठामा आकर्षित गर्न सोहि अनुसारको शैक्षिक सामग्री निर्माण गरि कक्षाकोठा सजावट गर्दै गुणस्तरीय सिकाइ गर्नका लागि ज्ञान तथा सिप प्रदान गर्न यो तालिमको आयोजना गरिएको र यस वर्ष १०० जना शिक्षकहरुका तालिम प्रदान गर्ने उद्देश्य राखेर पहिलो चरणमा ३० जना शिक्षकहरुलाई कार्यक्रममा राखिएको आयोजक संस्था ईस्थर बेन्जामिन स्मृति संस्था मकवानपुरका कार्यक्रम ब्यबस्थापक बुद्ध लामाले जानकारी दिनुभयो ।
गएको बिहिबार बाट सुरु भएको तालिम सोमबार सम्म संचालन भएको थियो भने तालीम संचालन समयमा बकैया गाउँपालिका शिक्षा साखा प्रमुख आईतराम तामाङले समेत निरीक्षण गर्नुभएको थियो ।
तेस्तै तालिमको अन्तिम दिन बकैया गाउँपालिका सामाजिक विकाश साखा संयोजक एबम वडा नम्बर ११ का वडा अध्यक्ष गोपाल बहादुर न्यासुर हो प्रमुख आथित्यतामा भएको औपचारिक समापन कार्यक्रममा सोहि पालिकाका शिक्षा साखा प्रतिनिधिहरु नारायण चापागाई तथा चन्द्र देवकोटाको आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एबम पालिकाका सामाजिक विकाश साखा संयोजक गोपाल बहादुर न्यासुरले भयरहित सिकाईमा बालबालिकाले पढ्न पाउने बाताबरण सिर्जना गर्दै अब विद्यालयको कक्षाकोठा शैक्षिक सामग्रीले सजाउन जोड गर्दै पालिकाले आयोजना गर्न लागेको वडा स्तरीय, पालिका स्तरीय नमुना विद्यालय छनोट गरि पुरस्कृत गर्ने कार्यक्रममा आफ्नो विद्यालय प्रथम हुने गरि कार्य सम्पादन गर्न समेत अनुरोध गर्नुभयो तेस्तै शिक्षा साखा प्रतिनिधिहरु नारायण चापागाई तथा चन्द्र देवकोटाका साथै सहभागी बाट दिपक तिमल्सिना, पेम्बादोर्जे भोम्जन र गोमा श्रेष्ठ रानाभाटले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तालिममा बालमैत्री कक्षा तथा विद्यालय ब्यबस्थापान,बाल अधिकार तथा बाल मनोविज्ञान, सचेतना, जिवन सिप, लैंगिक एबम सामाजिक समावेशीकरण,साकारात्मक सोच, स्वास्थ्य र जीवनशैली, प्रभावकारी संचार,सहजीकरण सिप न्युन मूल्यमा शैक्षिक सामग्री निर्माण बारे सहजकर्ता द्वय बच्चुराम बस्नेत र जगदिस भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रमको अवसरमा विभिन्न समुहगत कार्यमा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिएको थियो भने समापन कार्यक्रम संचालन आयोजक संस्था ईस्थर बेन्जामिन स्मृति संस्थाका बुद्धबीर लामाले गर्नुभएको थियो ।