मकवानपुरगढीमा रहेको वंशगोपाल मा बिको ३८ औं अभिभावक भेला,ब्यबस्थापन समितिमा ४ सदस्य चयन ।

२६ बैषाख २०८०
मकवानपुरगढी २ मा रहेको वंशगोपाल माध्यमिक बिधालय(प्राबिधिक शिक्षालय) को ३८ औं बार्षिक अभिभावक भेला सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी मगर(छिन्तु) को प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राम प्रसाद पुडासैनी अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष श्री दोर्जेलामा स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो ।
भेलाले आर्थिक बर्ष २०७८/०७९ को आय ब्यय विवरण पारित गरेको छ। आ.ब २०७९/०८० को आ.ले.प अनुमोदन गरेको छ,आ.ब २०८०/०८१ को अनुमानित आय ब्यय विवरण पेस गरिएको थियो ।
कार्यक्रममा जग्गा दाता प्रेम कुमारी धिमिरे र पुर्व कर्मचारी टिकाराम स्याङ्तानलाई सम्मान गरिएको थियो । कार्यक्रमा बाल कक्षा देखी ९ सम्मका प्रथम,द्वितीय,तृतीय हुने विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ ।
साथै भेलाले बिद्यालय ब्यबस्थापन समितिको लागि पहिलो चरणमा ४ जना सदस्य चयन गरिएको छ । जसमा जित बहादुर लो,सुवल सिं डिम्डुङ्ग, संजिता घलान,रचना दर्लामी मगर रहनु भएको प्रधानाध्यापक सन्देस तुम्सिङ मगरले जानकारी दिनु भएको छ ।

Flash News Slide Uncategorized समाचार स्थानीय