हावा हुरी र असिनाले मकवानपुरगढीका कृषकले लगाएको मकै बाली ,तरकारी खेती र टनेलमा क्षती

८ जेष्ठ २०८० – केही दिन अघि आएको हावा हुरी तथा असिनाको कारणले मकवानपुरगढी गाउँपालिकाको विभिन्न वडाहरुका किसानहरुले लगायका मकै खेती ,तरकारी बालि तथा प्लास्टिक टनेलमा क्षती पुर्याएको छ ।
मकवानपुरगढी गाउँपालिकाको ५ नम्बर वडाको चुहार , ६ नम्बर वडाको घोप्टेबेशी , फुङदोल , ७ नम्बर वडाको माथिलो जिम्बर, तल्लो जिम्बर,नरसिंह डाडा ,हुलाक लगायत ठाउँमा लगाइएको मकै बालीमा क्षेती भएको छ ।
हावा हुरी तथा असिना पानीले प्लास्टिक टनेलको प्लास्टिक ,सिचाईको हिल टेङकी कागती खेती मा पनि क्षेती भएको पाइएको मकवानपुरगढी गाउँपालिका कृषी शाखाका प्राबिधिक गोपाल लंसालले जानकारी दिनु भएको छ । क्षेतिको तथ्यांक सङकलनको कार्य पनि भईरहेको लंसालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *