विश्वव्यापी ११८७ औं रक्तदान अभियानमा हेटौंडामा १५९ जनाले गरे रक्तदान

हेटौंडा \ विश्व सुसमाचार समाज परमेश्वरको मण्डली नेपाल हेटौंडाको आयोजनामा बुधबार हेटौंडामा बृहत रक्तदान कार्यक्रम भएको छ ।  मण्डलीका  अध्यक्ष पर्शुराम तिमल्सिनाको अध्यक्षता तथा प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले रक्तदान जीवनदान हो, रक्तदानले कुनै मानिसको ज्यान बच्छ भने रक्तदान गरेर पुण्यको काम गर्न सबैलाई आग्रह गरिन् ।

उनले मण्डलीले गरेको विभिन्न सामाजिक क्रियाकलापहरु देखेर समाज सुधार गर्न एकजुट रहनुपर्छ भन्ने बताइन् । जातधर्म जतासुकै भएपनि एक आपसमा सहयोग र प्रेमको भावना सबै मानिसहरुमा हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, वडा नम्बर ९ का वडा अध्यक्ष सुकराम केसी, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाले आफ्नो भनाई राखेका थिए ।

No description available.

जिल्ला रेडक्रसको प्राविधिक सहयोगमा निस्तार-चाडको प्रेम,जीवन बचाउने प्रेम, विश्वव्यापी ११८७ औं रक्तदान अभियान अन्तरगत आज हेटौंडामा रक्तदान आयोजना गरिएको हो । कार्यक्रममा १५९ जनाले रक्तदान दिएका छन् ।  कार्यक्रममा समाजसेवी शिक्षाविद् पुरन बहादुर जोशी, जिल्ला प्रहरी प्रमुख बामदेव गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरुमा स्थापना भएको छ भने मण्डलीमा ३५ लाख सदस्य रहेका छन् । छिमेकीलाई सहयोग, आपतकालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिडका कारण जोखिममा परेकालाई सहयोग गर्ने काम गर्नुका साथै मण्डलीले ख्रीष्टको प्रेमलाई विशवका विभिन्न ठाँउहरुमा कार्यान्वयन गरिरहेको अध्यक्ष पर्शुराम तिमल्सिनाले बताए ।

No description available.

संसारमा विज्ञान र प्रविधिको विकास भइरहेको अवस्थामा रगत बनाउने प्रविधि चाहिँ अहिले सम्म नभएको अवस्था छ, त्यसैले रगत अभाव नहोस् भन्ने हेतुले हामीले अभियान अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तिमल्सिनाले बताए ।  प्रसवपीडा सहनु परे पनि, रगत बगाएर भए पनि जीवन दिने कार्य आमाले गर्छिन । आमाको प्रेम नै जीवन दिने प्रेम हो, अध्यक्ष तिमल्सिनाले भने । उनी भन्छन्ः निस्तार-चाडद्धारा मानवजातीलाई मुक्ति दिनुभएका येशू ख्रीष्टको बलिदान र प्रेमलाई कार्यान्वयन गर्न जीवन बचाउने अमूल्य कार्यमा सबै सन्तहरु एउटै चित्तमा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup