हिमाल महिलाको रजत जयन्तीमा स्मारिका बिमोचन र सम्मान


२६ जेष्ठ २०८०
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमाल महिला बहुउद्धेसीय सहकारी संस्था लिमिटेडले शुक्रबार स्मारीका बिमोचन र सम्मान कार्यक्रम गरेर रजत जयन्ती मनाएको छ । संस्थाकी अध्यक्ष जानकी दाहालको सभाध्यक्षता र बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले सहकारीको रजत जयन्तीको अबसरमा सुभकामना ब्यक्त गर्दै सहकारीले ग्रामिण क्षेत्रमा आर्थिक रुपान्तरणको लागि पुर्याएको योगदानको प्रसंसा गर्नु भयो । बागमती प्रदेसमा पर्यटन उधोग तथा सहकारी मन्त्रालय रहेको भन्दै आफूले सहकारीलाई उधोग र पर्यटन संग जोडेर सहयोग गर्न पहल गर्ने बताउनु भयो । उहाँले यहाका सहकारी संस्थाहरुले देशमै नमुना योग्य काम गरेको भन्दै सहकारी भ्रमण कार्यक्रम अन्तरगर्त अन्य क्षेत्रका भ्रमण टोलीलाइ पनि मकवानपुरगढीमा रहेका दुग्ध र बचत सहकारी संस्था भ्रमणको गन्तब्य बन्न सक्ने बताउनु भयो ।
जिबिसका पुर्ब उप सभापती तथा सहकारी अभियन्ता बद्रि लंसालले हिमाल महिला सहकारी संस्था देशकै अब्बल सहकारी संस्था रहेको बताउनु भयो । अहिले सहकारी संस्था दर्ता हुनु सामान्य कुरा भए पनि बिगतमा चुनौती पुर्ण रहेको बताउनु भयो । उहाले यस सहकारीले महिलाको आय आर्जन र महिला शसक्तीकरणमा ठुलो योगदान पुर्याएको बताउनु भयो ।
मकवानपुरगढी गाउपालिकाका निबर्तमान अध्यक्ष बिदुर हुमागाईले महिला सहकारीमा हिमाल महिला सहकारी देशमै अब्बल सहकारी रहेको बताउनु भयो । सहकारीले गर्दै आएको बेसार खेती , बिपन्कालागि पाठा पाठि साटा साट कार्यक्रम नमुना योग्य कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रममा सहकारी संस्थालाई सहयोग पुर्याउनु हुने बिभिन्न ब्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो ।
उक्त अबसरमा सहकारी सस्थालाइ सयोग  पु्याउनु हने  सहकारी अभियान्ता तथा जिबिसका पुर्ब उपसभापती   बद्री लंसाल , गाउँपालिका निबर्तमान अध्यक्ष बिदुर हुमगाई, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे, संस्थाका पुर्ब अध्यक्षहरु शोभिाता पोखरेल , निर्मला लंसाल , भिमकुमारी न्यौपाने,सहकारी स्थापनामा सहयोग पु्याउनुहुने तत्कालिन महिला बालबालिका कार्यालयका प्रतिमा मिश्र, महेश्वरी बिष्ठ, पार्बती पौडेल, सरिता अधिकारी , मकवानपुरगढी गाउपालिका महिला बालबालिका कार्यालयका मन्दीरा थापा , स्मारीका प्रकासन समितिका कृष्ण प्रसाद पोखरेल, बद्री देबकोटा अर्जुन प्रसाद दहाल, गोबिन्द प्रसाद तिमल्सीना, शत्रुघन दुलाल, नवराज संजेल , रेडियो मकवानपुरगढीका एम पि शर्मा संस्थाका ब्यबस्थापक सुभद्रा घिमिरे लाई सम्मान गरिएको थियो । कार्यक्रममा स्ंथाले रजत जयन्तीकै अबसरमा निसुल्क स्वास्थ्य शिबिर र दिब्यसेवा निकेतनका जेष्ठ नागरीकलाई खाना समेत खुवाएको थियो । हिमाल महिला सहकारी २०५५ साल जेष्ठ २५ गते स्थापना भएको हो ५२ जना सदस्यबाट सुरु भएको सहकारीमा हाल ११सय ६५ शेयर सदस्य रहेका छन । सहकारीले हाल ५ करोडको कारोबार गर्दै आएको संस्थाकी अध्यक्ष जानकी दाहालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin