मकवानपुरगढी ४ मा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम

२८ जेठ २०८०
मकवानपुरगढी गाउँपालिका न्यायिक समितिको आयोजनामा  न्यायीक समिती र कानुन सम्बन्धमा गाउँपालिका र वडा तहमा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम मकवानपुरगढी ४ मनकामनामा सम्पन्न भएको छ ।
न्यायीक समिती सम्योजक तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपालीको अध्यक्षता र   गाउँ पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


न्यायिक समितिको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गनुहुदै गाउँपालिका अध्यक्ष स्याङ्तानले सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व महसुस हुने गरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।
न्यायिक समितिका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाई गाउपालिका बासीहरुलाई मेलमिलापको माध्ययमबाट न्याय प्रदान गर्न सहयोग पुर्याउने बताउनुभएको थियो ।

न्यायीक समिती सम्योजक तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपालीले  संविधानले निर्देश गरेको कार्यविधी भित्र रहि न्यायीक समितिले आफ्नो अधिकार क्षेत्रभित्र बसेर न्याय निरूपण गर्दै आएको बताउनु भयो  ।
न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे नागरिकलाई पूर्ण जानकारी नहुँदा समितिमा उजुरी आउने क्रम न्यून भएको बताउनुभयो।
समाजमा भए गरेका विवादहरुको  समाधानका लागि पहिलो चरणमा वडास्तरमा रहेको न्यायीक समिती मार्फत समस्या समाधान गर्न  सकिने र वडास्तरमा समस्या समाधान हुन नसके गाउँपालिकामा रहेको न्यायीक समितीमा उजुरी गर्न सकिने ब्यबस्था रहेको बताउनु भयो ।  बिबाद समाधानका लागि न्यायिक समितिमा आउदा समय र पैसाको समेत बचत हुने बताउनु भयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाले कार्यक्रममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागु गर्न पनि  कार्यक्रमका सहभागिहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा न्यायीक समिती सहजकर्ता तथा अधिबक्ता रामसरण लामिछानेले अभिमुखिकरण कार्यक्रममा गाउपालिकाको न्यायिक कार्यबिधी , न्यायिक समितिका काम कर्तव्य र अधिकार,न्ययिक समितिमा निवदेन दर्ता गर्ने प्रक्रिया लगाएतका विषयमा  वडासमिति,मेलमिलापकर्ता,स्थानीय संघ÷संस्था,सरोकारवालालाई प्रष्ट हुने गरी अभिमुखिकरण कार्यक्रम गरिएको बताउनु भयो ।
संविधान, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहितमा भएका व्यवस्थाहरु, स्थानीय सरकार सञ्चालन ऐनमा न्यायिक समिति सम्बन्धी व्यवस्था, संविधान र ऐन कानूनमा भएका महिला हक अधिकार, बालबालिका, ज्येष्ठ नागरिक र दलित सम्बन्धी, लैंगिक अवधारणा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, मेलमिलाप सम्बन्धी ऐन तथा नियमावली,  न्यायिक उजुरी र कारवाही किनारा गर्ने ,मेलमिलाप सम्बन्धी बिधि र प्रक्रिया लगायतका विषयमा अधिबक्ता लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , वडा सदस्यहरु , टोलबिकास सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू गाउँ पालिका शिक्षा साखाका  भगवती घिमिरे , पत्रकार एम पि शर्मा लगायत ५० जनाको  सहभागीता रहेको थियो

Flash News Slide Uncategorized समाचार स्थानीय