मकवानपुरगढीमा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने


११ असार २०८०
मकवानपुरगढी गाउँपालिकामा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा बंशगोपाल मा.वि.(प्राविधिक शिक्षालय) को सहकार्यमा यहि असार १५ गते मकवानपुरगढी २ कुर्लेमा कार्यक्रम हुन लागेको हो ।
“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्वि“ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सामूहिक रोपाइ, मौलिक असारे रोपाइ गीत प्रस्तुती,वीउ साटासाट कार्यक्रम हुने कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।
उक्त अवसरमा निःशुल्क कोदोको वीउ वितरण, स्थानीय एवम् रैथानेबालीको प्रर्दशनी तथा बिक्री, बाँसको हस्तकला सामाग्रीहरूको प्रर्दशनी तथा बिक्री र कालीखोला ब्रान्डको कोदो पिठो सार्वजनिकीकरण गर्ने कार्यक्रम पनि रहेको कृषि विकास शाखाका प्रमुख चौधरीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup