“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्वि“ भन्ने मूल नाराका साथ २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ कुर्लेमा सम्पन्न भएको छ ।
मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा बंशगोपाल मा.वि.(प्राविधिक शिक्षालय)को सहकार्यमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अबसरमा अध्यक्ष स्याङ्तानले पालिकाको आय स्रोत कृषि नै रहेकाले गाउँपालिकाले कृषि सँग जोडिएका विभिन्न किसान लक्षित कार्यक्रमहरु ल्याएको बताउनु भयो । राष्ट्रिय धान दिवसको सबै किसानहरुलाई शुभकामना दिदैं अध्यक्ष लामाले करिब १४ सय हेक्टर धान उत्पादन हुने क्षेत्र गाउँपालिकामा रहेको बताउनु भयो । किसानले उत्पादन गरेको वस्तु सहकारी मार्फत विक्री गरे गाउँपालिकाले अनुदानको ब्यबस्था गरेको बताउनु भयो । मानो रोपेर मुरी फलाउने धान दिवसमा उनले बाँझो जमिन नराख्न किसानलाई आग्रह गर्नु भयो।
उक्त अबसरमा उत्कृष्ट कृषकलाई जनही २५ हजार रुपैया पुरस्कार बितरण गरिएको थियो ।
लालिगुरास कृषी फमका गणेश सापकोटा, मकवानपुरगढी ३ मा रहेको पुडासाईनी बहुद्धेश्यसिय कृषी तथा पसुफमका संचालक केदार पुडासैनी, वडा नम्बर १ मा रहेको छिरिङ एग्रो बाख्रा फाम छिरीङ योन्जन
उक्त अबसरमा सामूहिक रोपाइ, मौलिक असारे गीत प्रस्तुती निःशुल्क कोदोको वीउ वितरण, स्थानीय एवम् रैथानेबालीको प्रर्दशनी तथा बिक्री, बाँसको हस्तकला सामाग्रीहरूको प्रर्दशनी तथा बिक्री र कालीखोला ब्रान्डको कोदो पिठो सार्वजनि गरिएको थियो ।