हेटौडामा बालश्रम निबारणको लागी स्थानीय तहको भुमिका बिषयक अन्तरकृया सम्पन्न

हेटौडा असार १८
हेटौडा उपमहानगर पालिकालाई बालश्रम मुक्त बनाउने उद्धेश्यले बालमैत्री स्थानीय शासन नगर समिती संग बालश्रम निबारणको लागी स्थानीय तहको भुमिका बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । हेटौडा उपमहानगर पालिका र बाल कल्याण समाज, मकबानपुरको संयुक्त आयोजना, स्वातन्त्रता अभियान र राष्ट्रिय बाल संरक्षण संजाल नेपालको समन्वय र सहकार्य तथा ग्लोबल मार्चको सहयोगमा संचाललित कार्यक्रमको सभाध्यक्षता हेटौडा उपमहानगर पालिकाको उपमेयर राजेश बानियाले गर्नु भएको थियो । उक्त कार्यक्रममा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ को बारेमा कार्यपत्र प्रस्तुत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिब अम्बिका प्रसाद अधिकारीले, बालश्रम अन्त्यका लागी यस अघि भएका प्रयासको बारेमा बाल कल्याण समाजको अध्यक्ष एबं राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रिय अध्यक्ष प्रकाश खतिवडाले र बाल मैत्री स्थानीय शासन घोषणाका लागी भएका कृयाकलापको बारेमा हेटौडा उपमहानगर पालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामीछानेले प्रस्तुतिकरण गर्नु भएको थियो ।
नगर उपप्रमुख राजेश बानियाले हेटौडा उपमहानगर पालिकाले बालश्रम मुक्त सहित बालमैत्री नगर घोषणा गर्ने अभियानमा साथ दिने संघसस्थाहरुलाई घन्यबाद ज्ञापन गर्नु हुदै बाल मैत्री स्थानीय शासन नगर समीतीले सबै ५१ बटा सुचक केलाएर ठोस कार्य गर्ने बेला आएको बताउनु भएको थियो । बालश्रम अन्त्यको लागि तयार भएको कार्य योजना अनुरुपको कार्य सबैको समन्वय र सहकार्यमा गर्न आफु कटिबद्ध रहेको बताउनु भएको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का उपसचिब अम्बिका प्रसाद अधिकारीले नेपालको मौजुदा बालबालिकाको अबस्था र बालश्रमको अबस्थाको चित्रण, दिगो बिकाशमा बालश्रमको लक्ष, बालश्रम मुक्त समाज निर्माणको लागि नेपाल सरकारको बिधमान निती, बालश्रम मुक्त स्थानीय तह घोषणा किन ?, बालश्रम मुक्त घोषणा कार्यबिधि २०७७ को उद्धेश्य , यस्मा भएका लक्षित समुह र सुचकको बारेमा बताउनु हुदै पालिकाको आगामी कार्ययोजना बनाउन सहजिकरण समेत गर्नु भएको थियो ।
बालश्रम मुक्त सहित बालमैत्री पालिका घोषणा गर्न पालिकाले लगानी योजना बनाउन आबश्यक रहेको बारे बताउनु हुदै बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले घोषणा पश्चात पनी दिगोपनको लागि लगानी कार्य योजना नभए पुन बालश्रमीक देखिन सक्ने बारे बताउनु भएको थियो ।
बाल मैत्री स्थानीय शासन नगर समितीले हेटौडा उपमहानगर पालिकाको बाल श्रम मुक्त गर्न को लागि कार्ययोजना बनाएकोमा अब यस बमोजिम कार्य गर्ने र यसको लागि सबै महाशाखा र बडा अध्यक्ष ज्युहरु को साथ र सहयोग आबश्यक रहेका बारे महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामीछानेले बताउनु भएको थियो ।
कार्यक्रममा बडा अध्यक्ष सबिन न्यौपाने, फुर्वा दोर्जे लामा, बिधालय प्रतिनिधि बिनोद सुबेदि, पत्रकार अशिष दुलाल, कापा सदस्य साधना श्रेष्ठ लगायतले समाजमा ठुला भनिएका ब्यक्ति ले नै बालश्रम को पक्ष पोषण गरेको मा दुखेसो ब्यक्त गर्नु हुदै बालश्रम अन्त्य संभब छ तर कठिन भएकोले कार्ययोजना अनुरुप को कार्यको लागि सहकार्यको आबश्यक रहेको बताउनु भएको थियो ।

More From Author

मकवानपुरगढीमा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव तथा कृर्षक सम्मान

हेटौंडा १८ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *