गढिस्टार स्पोर्ट्स क्लब मकवानपुरगढी गाउँपालिका भेट्रान्स फुटसल प्रतियोगिताको सेमिफाइनलमा


५ असोज २०८०
मकवानपुरगढी ३ मा रहेको गढिस्टार स्पोर्ट्स क्लब मकवानपुरगढी गाउँपालिका स्तरीय भेट्रान्स फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रबेस गरेको छ ।
प्रतिभा युवा क्लबले विजया दशमीको अवसरमा आयोजना गरेको भेट्रान्स लिग फुटसल प्रतियोगितामा मकवानपुरगढी ८ बुढिचौरलाई ट्राइब्रेकरमा २–१ ले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो । खेल अबधिभर २–२ गोलको बराबरी भए पछि खेल ट्राइब्रेकरमा गएको थियो । शुक्रबार भएको ७ वटा खेल अन्तर्गत पहिलो खेलमा आयोजक प्रतिभा युवा क्लबले मकवानपुरगढी ८ बुढिचौरलाई ११–१ ले पराजित गरेको थियो।
दोस्रो खेलमा मकवानपुरगढी ५ आमभञ्ज्याङले के वाई सी मकवानपुरगढी ३ लाई १२–३ गोलले पराजित गरेको छ । तेस्रो खेलमा गढिस्टार स्पोर्ट्स क्लबले मकवानपुरगढी ४ को सेर्गे गुम्बालाई ३–१ गोलले पराजित गर्दा सनराईज मकवानपुरगढी ६ ले प्रतिभा युवा क्लब बी लाई ३–० गोलले पराजित गरेको छ ।
यस्तै खेलकुद बिकास समितिले प्रतिभा युवा क्लब बी लाई ९–१ गोलले पराजित गर्दा खेलकुद बिकास समितिले सनराईज गढी ६ लाई ५–१ गोलले पराजित गरेको छ ।
प्रतियोगिताको बिजेता टोलीले खशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपबिजेता हुने टोलीले बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिभा युवा क्लबका अध्यक्ष हेमबहादुर योन्जनको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको खेल उद्धघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे वडा नम्बर ५ का अध्यक्ष दिपेस दहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *