मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसलको उपाधी खेलकुद बिकास समिति मकवानपुरगढी–२ लाई


६ असोज २०८०
मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद बिकास समिति मकवानपुरगढी–२ ले हात पारेको छ ।
बिजया दशमिको अवसरमा प्रतिभा युवा क्बलले आयोजना गरेको मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसल प्रतियोगिताको फाईनलमा सेर्गे गुम्बा युवा क्लब मकवानपुरगढी–४ लाई २–१ ले पछि पार्दै खेलकुद बिकास समिति मकवानपुरगढी २ ले उपाधि हात पारेको हो ।
सनिवार भएको सेमिफाईनलमा खेलमा गढिस्टार स्पोर्टस् क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेर्गे गुम्बा युवा क्लब फाईनल पुगेको थियो भने मकवानपुरगढी–५ आमभञ्ज्याङलाई ६–१ गोल अन्तरले पराजित गर्दै खेलकुद बिकास समिति वडा नम्बर २ फाईनल प्रबेश गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने खेलकुद बिकास समिति मकवानपुरगढी–२ ले ३० किलोको खसि ,शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप बिजेता सेर्गे गुम्बा युवा क्लब मकवानपुरगढी–४ ले २० किलोको बोका, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेर्गे गुम्बाका गौरब घलान उत्कृष्ट खेलाडी घोसित हुदै नगद ५ हजार रुपैया प्राप्त गरेका छन ।
प्रतिभा युवा क्बलका खेल संयोजक बिक्रम लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

Flash News Slide Uncategorized खेलकुद समाचार स्थानीय