७ असोज २०८०
मकवानपुरगढी ३ मक्राञ्चूलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संंस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको आफ्नै सभाकक्षमा सम्पन्न गरिएको हो ।
श्रमिक साना किसान कृषि सहकारी संस्थाले आफ्नो स्थापनाको १० वर्ष पूरा गरी ११ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरेको उक्त वार्षिक कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । संस्थाकी संस्थापक अध्यक्ष निर्मला लम्सालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमूख आतिथ्यता रहेको थियो ।
संस्थाको ११ औं साधारण सभा एवं वार्षिक उत्सव समारोहलाई प्रमूख अतिथिको स्थानबाट सम्बोधन गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले स्थापनाको छोटो समयावधिमा नै श्रमिक साना किसान कृषि सहकारी संस्था लि.ले ठूलो प्रगति गरेकोमा खुलेर प्रंशसा गर्नु भयो । सम्बोधनका क्रममा साना किसानहरुलाई हित गर्ने र साना किसानका लागि ठूलो काम गर्ने संस्था श्रमिक साना किसान कृषि सहकारी संस्था भएकोले यो सहकारीको सञ्चालकहरुबाट अन्य सहकारीकर्मीहरुले पनि सिक्नु पर्ने धारणा राख्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्तानले भन्नु भयो‘गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरुलाई उनीहरुको उद्देश्यअनुसार एउटै सहकारी सञ्जालमा आवद्ध गराएर सञ्चालन गर्न आवश्यक तयारी भईरहेको छ । यसका लागि हामीले गाउँपालिकामा सहकारी शाखा सञ्चालनमा ल्याईसकेका छौं । यो शाखाले आफ्नो काम थालनी गरिसकेको पनि छ । यसबाट सहकारी संस्थाहरुको काम प्रभावकारी बन्ने विषयमा म विश्वस्त छु ।’
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य एवं मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष विदुर हुमागाईले श्रमिक साना किसान कृषि सहकारी संस्था लि.ले किसानहरुको हितमा उदाहरणीय कामहरु गरेको भन्दै यस संस्थाको प्रंशसा गर्नु भयो । उहाले गाउँपालिकाले स्थानीय सरकारको भूमिका जनअपेक्षा अनुसार निभाउन तत्पर रहन र किसानहरुको पक्षमा नीति र विधि बनाएर लागू गर्न गाउँपालिका अध्यक्षलाई आग्रह समेत गर्नु भयो । अर्को एक प्रसङ्गमा गाउँपालिकाका पूर्व अध्यक्ष हुमागाईले किसानहरुले पाउने उत्पादनमा आधारित अनुदान कटौति नगरी किसानहरुलाई स्थानीय सरकारले निरुत्साहन गर्न नहुने धारणा राख्नु भयो ।
कार्यक्रममा अतिथिका रुपमा सहभागी हुनु भएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, सृजनाशील समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विडारी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष अर्जुनप्रसाद दाहाल, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु न्यौपाने, श्रमिक साना किसान कृषि सहकारी संस्था लि. का सल्लाहकार बलराम हुमागाई, मकवानपुरगढी गाउँपालिका पशु शाखाका अधिकृत सत्यनारायण शाहलगायतले संस्थाको वार्षिक उत्सव समारोह एवं ११ साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा अतिथिका रुपमा मकवानपुरगढी गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष बखानसिंह पाखि«न, वडा नं. ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, स्थानीय अन्य सहकारी संस्थाका अध्यक्षलगायतका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा यस सहकारीलाई सहयोग पु¥याएबापत मकवापनुरगढी गाउँपालिका पूर्व अध्यक्ष विदुर हुमागाई र वडा नं. ३ का वडा अध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । अतिथिहरुलाई मायाको चिनो स्वरुप तरकारीको विउ वितरण गरेर नमूनाजन्य कार्य प्रदर्शन गरिएको थियो ।
त्यसैगरी यस सहकारी संस्थाबाट कारोबार गरेर सफल ब्यवसायी बन्ने ४ सदस्यहरुलाई सम्मानजनक उपहारहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग पु¥याउने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । संस्थामा चौथो निर्वाचनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, लेखा समिति समेतका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
संस्थाको चौंथो निर्वाचनबाट चयन भएको कार्यसमितिमा अध्यक्ष पदमा निर्मला लम्साल र उपाध्यक्षमा सीता योञ्जनका साथै सदस्यहरुमा आईतीमाया वाईवा, सकुन्तला गिरी, संगीताकुमारी लुङ्वा, सरिता नेगी, कुमार गोङ्वा, मुवनकुमारी तिमल्सिना र सजाता आले रहेका छन् भने लेखा समितिमा संयोजक राधिका सापकोटा र सदस्यहरुमा बीमला सापकोटा एवं कल्पनाकुमारी गौतम रहेका छन् । श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडका ब्यावस्थापक गीता लम्साल सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा समितिका संयोजक राधिका सापकोटाले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।