अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको अध्यक्षमा बिक्रम लामा

११ असोज २०८०
नेकपा माओबादी केन्द्र सम्बद्ध अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम भेला बिहिबार सम्पन्न भएको छ । भेलाले बिक्रम लामाको अध्यक्षतामा २९ सदस्य कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा धनराज जिम्मा, सचिवमा अजय बि क. सहसचिवमा अनिता योन्जन र कोषाध्यक्षमा सुरेन्द्र योन्जन चयन हुनु भएको छ ।
नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य तथा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य बीजय बुर्लाकोटी,जील्ला संयोजक शर्केस घलान, जील्ला सचिव भीम पाख्रिन, प्रदेश परिषद सदस्य जीवन गोले, नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालिका अध्यक्ष राजकुमार खड्का, वाई सि एल जील्ला अध्यक्ष लवराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin