त्रिशुली नदीमा हेटौंडा -२ बस्ने देबकोटा बेपत्ता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ का ३८ वर्षीय निरन्जन देवकोटा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

सोमवार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पुलबाट नदीमा हाम फालेका थिए । देवकोटा मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । आफन्त र प्रहरीले देवकोटाको खोजी गरिरहेका छन् ।

उनी बा.प्र. ०३–००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलको बिचमा छाडेर त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

प्रहरीले बेपत्ता देबकोटाको खोजी कार्य गरिहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *