१६ असोज २०८०
मकवानपुरगढी गाउँपालिकामा प्लान नेपालद्धारा सञ्चालित मानव बेचबिखन रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना समापन तथा हस्तान्तरण कार्यक्रम आज मकवानपुरगढी गाउँपालिकामा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्लान नेपालका मिहिर कुमार झाले गाउँपालिका अध्यक्ष स्याङ्तानलाई प्रमाण पत्र प्रदान गर्दै परियोजना समापन तथा हस्तान्तरण गर्नु भएको हो ।
प्लान नेपालको आर्थिक सहयोगमा राडो नेपालले मकवानपुरगढी गाउँपालिकामा मानब बेचबिखन रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना सञ्चालन गर्दै आएको थियो ।
उक्त कार्यक्रममा मन्तब्य राख्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले मानब बेचबिखन रोकथामको क्षेत्रमा गरेको कार्यक्रमका लागि धन्यबाद दिदै आगामि दिनमा सहकार्यको लागि तत्पर रहेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले मकवानपुरगढी गाउँपालिकाले महिला बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहदा प्लान नेपालको सहयोगमा सञ्चालित परियोजना मार्फत भएका कार्यक्रमलाई पनि निरन्तरता दिन बिशेष जोड दिने बताउनु भयो ।
यस्तै कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले मानब बेचबिखन रोकथामका लागि प्लान नेपालले गरेको सहयोग प्रति धन्यबाद दिदै आगमि दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन पालिकाले बिशेष जोड दिने बताउनु भयो ।
प्लान नेपालका मिहिर कुमार झाले परियोजना सञ्चालन हुदा मानब बेचबिखन रोकथामको क्षेत्रमा गरिएका प्रयासहरुलाई स्थानिय सरकारले अपनत्व लिएर काम गर्छ भन्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । यस्तै राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले मानब बेचबिखनको स्वरुप परिबर्तन भएकोले बेचबिखनका अबस्था झनै जटिल रहेको बताउनु भयो । बेचबिखन राकथामको लागि युवा अभियान्ता साथै स्कुलमा शिक्षकहरु मार्फत सञ्चालित अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनु भयो । कार्यक्रममा यस परियोजनामा आबद्ध शिक्षक , सामाजिक अभियान्ता लगायतकाले आ- आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आईत सिं लो, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे गाउँपालिकाको योजना शाखा प्रमुख प्रकाश न्यौपाने, शिक्षा शाखा प्रमुख राम घलान, कृषि बिकास शाखा प्रमुख चन्द्रकान्त चौधरी, प्लान नेपालका मिहिर कुमार झा, सन्तोष पुलामी, अनुज्ञाा मिश्र राडो नेपालका राजु राउत लगायतकाको आतिथ्यता रहेको थियो ।