मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिता सुरु


२६ असोज २०८०
मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिता मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको भानु मिनिपिचमा शुुक्रबार देखि सुरु भएको छ ।
मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोग र भानु माबिको आयोजनामा भएको प्रतियोगितामा शुक्रबारको खेलबाट शारदा माबि, रानिसेरा माबि, रुपनारायण माबि र भानु माबि सेमिफाईनलमा प्रबेस गरेको छ ।
प्रतियोगिता अन्तरगत असोज २७ गते शनिबार बिहान ७ बजे भानु माबि र रुपनारायण माबि तथा बिहान ८ बजे शारदा माबि र रानिसेरा माबि बिच सेमिफाईनल खेल हुने आयोजक भानु माबिका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनु भयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको खेल उद्धघाटन कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नम्बर १ का अध्यक्ष आईत सिं लो, वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin