महिला कल्याण साकोसको २५ औ बर्षिक साधारण सभा सम्पन्न , सहकारीको करोबार १० करोड ३३ लाख


अशोज २६, २०८०
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ कालिवनमा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक शुक्रबार भएको छ । संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सहकारीले आव २०७९/८० मा १० करोड ३३ लाख ८४ हजार ९१३ रुपैयाँको कारोबार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ र ६ कार्यक्षेत्र रहेको सहकारीमा एक करोड ९ लाख ५९ हजार नौ सय रुपैयाँ शेयरपुँजी रहेको छ भने बचत निक्षेप ६ करोड ५१ लाख ६ हजार २६९ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानेले बताईन् । सहकारीले सात करोड ५२ लाख ७४ हजार ४८७ रुपैयाँ कर्जा लगानी गरेको छ । ८५ लाख ३२ हजार ९१३ रुपैयाँ जगेडा कोषमा रकम रहेको व्यवस्थापक न्यौपानेले बताईन् ।

सभामा जेष्ठ शेयर सदस्यतर्फ शान्ति कुमारी दुलाल, धनकुमारी थिङ, रोम कुमारी अधिकारी, मेन कुमारी हुमागाई र गौरी ढुङ्गानालाई सम्मान गरिएको थियो । त्यस्तै, असल ऋणीतर्फ जाल कुमारी तिमल्सिना, कालीमाया पाख्रीन, शुभद्रा दमाई र ठुलीमाया घलानलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बाल बचत तर्फ उत्सव हुमागाई, उत्कृष्ट समूह अध्यक्ष ज्यामिरे महिला समूहका गोमा फुँयाल, उत्कृष्ट महिला समूहतर्फ हिमाल महिला समूह, उत्कृष्ठ बचतकर्तातर्फ हेमकुमारी घिमिरेलाई पुरस्कृत गरिएको थियो । साथै एसईइमा ए ग्रेड ल्याउने शारदा माविकी आस्था तिमल्सिनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दीपेश दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडा सदस्य चन्द्रमाई हुमागाई, नेफ्स्कुन फिल्ड इन्चार्ज ज्योति महत, जिल्ला सहकारी संघका प्रतिनधि राजकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका लेखा संयोजक सुलोचना स्याङ्तान, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, जिल्ला बार एशोसिएसनका अध्यक्ष अप्सरा बस्नेत, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, संस्थाका संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी, पुर्व अध्यक्ष निर्मला न्यौपाने, स्वरोजगार साना किसानका अध्यक्ष धनकुमारी खड्का, शारदा माविका अध्यक्ष युवराज सापकोटा, स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin