उत्पादनमा जोडिए आर्थिक उन्नति हुन्छ : मन्त्री मोक्तान


राजकुमार केसी

हेटौंडा २७ असोज/बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्पादनमा जोडिए सहकारीका सदस्यहरुको आर्थिक उन्नति हुने बताउनुभयो ।

शनिबार भीमफेदी गाउँपालिका वडा नं. २ मा रहेको भैंसे एकीकृत कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री मोक्तानले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार कार्य गर्न आग्रह गर्नुभयो । सहकारीका सदस्यहरुले ईमान्दारीताका साथ कारोबार गरे संस्थाको प्रगति छिटो हुने समेत मन्त्री मोक्तानले बताउनुभयो ।

सहकारीका अध्यक्ष अप्सरा लोप्चनको अध्यक्षतामा भएको साधारण सभाले संस्थाको आगामी नीति तथा कार्यक्रमका साथै प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु पारित गरेको छ ।

साधारण सभाको अवसरमा संस्थाका संस्थापक अध्यक्ष धावा थोकर, जेष्ठ सदस्य साईलीमाया तितुङलाई सम्मनित गरिएको थियो ।

साधारणसभामा भीमफेदी गाउँपालिका वडा नं. २ का अध्यक्ष काशीराम बज्यु, वडा नं. १ का अध्यक्ष सोम बहादुर स्याङ्तान, मकवानपुर जिल्ला सहकारी संघका प्रतिनिधि राजकुमार केसी, कालिका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर राना, राप्ती युवा क्लब भैंसेका अध्यक्ष गोपी कृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।

भीमफेदी गाउँपालिका वडा नं. १ र २ कार्यक्षेत्र रहेको सहकारीको गत आर्थिक वर्षमा ९१ लाख ४७ हजार ८८६ रुपैंया बराबरको कारोबार भएको ब्यवस्थापक सुर्य बहादुर घलानले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin