२७ असोज २०८०
मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिले हात पारेको छ । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको भानु मिनिपिचमा भएको प्रतियोगिताको फाईनल खेलमा शारदा माबिलाई पराजित गर्दै आयोजक भानु माबि बिजयी भएको हो ।
प्रतियोगितामा शारदा माबि दोस्रो, रानिशेरा माबि तेस्रो भएको छ । प्रतियोगितामा बिजयी हुने टिमलाइ शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा शारदा माबिका दिबस सुबेदी बेस्ट प्लेयर , भानु माबिका आयुस दुलाल बेस्ट डिफेन्डर, भानु माबिका मुकेस चौलागाई सर्बाधिक गोलकर्ता र भानु माबिका शिवराम फुयाल उत्कृष्ट गोल किपर घोषित हुदै पुरस्कृत भएका छन ।
मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोग र भानु माबिको आयोजनामा भएको प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका भित्रका बिद्यालयहरुको सहभगिता रहेको थियो । प्रतियोगितामा पुरस्कृत हुने टिम र खेलाडीलाई मकवानपुरगढी गाउंपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानले पुरस्कार बितरण गर्नु भएको थियो ।

मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिलाई
