हेटौंडा ६ र १७ मा बजार अनुगमन

हेटौंडा– चाडबाड नजिकिदै जाँदा बजारमा उपभोग्य सामग्रिको अभाब र मुल्य बृद्धि नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ ।

उपमहानगरले गठन गरेको बजार अनुगमन समितिले हेटौंडा ६ र १७ का बिभिन्न पसल तथा व्यापारीक केन्द्रको अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक तथा हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेको नेतृत्वमा दुई वडाका ११ वटा पसल अनुगमन गरेको उपमहानगरपालिका समाजकल्याण शाखा प्रमुख गंगा चौलागाईले बताइन् ।

अनुगमनका क्रममा पसलहरुमा मुल्य सुचि नराखेको, देखिने गरी पसलको नाम उल्लेख नगरेको, खरिद र बिक्री बिल नभेटिएकाले पहिलो पटकलाई अनुगमन टोलीले सुझाब दिएको उनले बताइन् । टोलिले खाध्यान्ह, मदिरा, डेरी, होटल लगाएतकको अनुगमन गरेको थियो ।

अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग बाणिज्य संघका सुजन सुवेदी सहित पत्रकार, प्रहरी, उपमहानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।-janapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup