मकवानपुरगढीमा भुकम्प पछि पुनरलाभ एबं सामुदायिक उद्धमशिल परियोजना सञ्चालन गर्दै आएको CRS NEPAL को बिदायी


१ कार्तिक २०८०
मकवानपुरगढी गाउँपालिकामा CRS NEPA को आर्थिक सहयोगमा गैर सरकारी संस्था लुमन्ती र साप्रस नेपालले भुकम्प पछि संचालन गरेको पुनरलाभ एबं सामुदायिक उद्धमशिल परियोजना सम्पन्न गरि त्यसको प्रगति बिबरण गाउँपालिकालाई हस्तान्तरण गरेको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा CRS NEPALका अर्जुन कुमार तामाङ्ले कार्यक्रमको उद्धेश्यमाथि प्रकास पार्नु भएको थियो । भुकम्पको बिपत पछि घर निर्माण गर्न नसकेका ६ परिवारलाई यो संस्थाले घर निर्माण गरिदिनुका साथै एक सय भन्दा बढि घर निर्माण सम्पन्न गर्न नसकेकालाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरेर घर निर्माण सम्पन्न गरेको तामाङले जानकारी दिनु भयो । अझैपनि मकवानपुरगढीमा बिबिध कारणले ११ घरको पुनरनिर्माण सम्पन्न हुन बाकी रहेको उहाले बताउनु भयो ।
कार्यक्रममा साप्रस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल, लुमन्तीका आवास संयोजक लक्ष्मण खत्री, लुमन्तीका सव इँन्जीनियर रिषिकेश प्याकुरेलले संस्थाले गरेको कामका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष आईत सिं लोले संस्थाको सहयोगमा भुकम्प प्रभाबितहरुको अधुरो घर निर्माण हुनुका साथै लक्षित बर्गको आय आर्जनमा गरेको सहयोगको प्रसंम्सा गर्नु भयो ।
उक्त अबसरमा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्कीले मकवानपुरगढीमा पुनरनिमार्णको क्षेत्रमा गैरसरकारी संस्थाले गरेको खर्च पारदर्शि देखिएको बताउनु भयो । उहाँले आगामि दिनमा पनि पालिकाले लागत साझेदारी गर्न तयार रहेको बताउनु भयो । साथै उहाले अझै निर्माण सम्पन्न हुन बाकि घरहरुको कामलाई अगाडि बडाउन पहल गर्ने बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले संस्थाले पुनरनिर्माणको कार्यमा पुर्याएको सहयोग प्रति धन्यबाद दिदै आगामि दिनमा पनि सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष मान कुमारी पाख्रिन, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे, वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाई, वडा नम्बर ७ का अध्यक्ष सूर्य बहादुर रुम्बा, वडा नम्बर ८ का अध्यक्ष कुमार सिं घिसिङ लगायतकाको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *