३ कार्तिक २०८०
मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी मकवानपुरगढी ४ मा रहेको प्रतिभा युवा क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लबलाइ ४-० गोल अन्तरले पछि पार्दै जित हासिल गरेको हो । प्रतिभाले बिजयी हुँदै ७५ हजार नगद,शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्दा आयोजक गढी स्टार स्पोर्ट्स क्लबले उपबिजेता हुँदै ५० हजार रुपैया मेडल र प्रमाण्पत्र प्राप्त गरेको छ । प्रतियोगितामा कालिखोला युवा क्लब तेश्रो हुँदै २५ हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मकवानपुरगढी–३ स्थित भानु मिनीपिचमा गढी स्टार स्पोर्ट्स क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा छैटौं संस्करणको गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ वटा टिम सहभागी भएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रम मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेको अध्यक्षता तथा गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष मानकुमारी पख्रीनको विशेष आतिथ्यतामा भएको हो ।