सामुदायिक बिद्यालयमा बिद्यार्थी घट्दै, शैक्षिक गुणस्तर सुधारमा गफ धेरै काम कम


सरकारले सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षाको लागि ठुलो लगानी गरेको छ । स्थानिय सरकारका प्रमुखहरु बिद्यालयको शैक्षिक सुधारका लागि भन्दै बिद्यालय अनुगमनमा भेटिन्छन । तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन । निजि बिद्यालयमा बिद्यार्थीहरु भरिभराउ हुँदा गाउँका केही सामुदायिक बिद्यालयहरु रित्तीदै छन ।
अभिभाबकहरुले घर छेउको सामुदायिक बिद्यालयलाई बिश्वास गर्न सकिरहेका छैन र शहरको निजि बिद्यालयमा आफ्ना बाल बालिकालाई महँगो शुल्क तिरेर पढ्न पठाई रहेका छन ।
स्थानिय सरकारले अभिभाबकहरुलाई सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाको ग्यारेन्टी दिन सक्नु पर्ने हो तर यहाँ त जनप्रतिनिधिहरु नै आफ्नो बालबालिकाहरुलाई निजी बिद्यालयमा पढ्न पठाउछन, र तीनै जनप्रतिनिधिहरु भन्छन् आफ्ना बालबालिकालाई सामुदायिक बिद्यालयमा पढ्न पठाउ । सामुदायिक बिद्यालयको पढाई र स्थानिय सरकारको काम गराई मिल्दोजुल्दो देखिन्छ,लगानी बडी प्रतिफल भने कम । उता निजि बिधालय भने शिक्षामा ब्यापार गरिरहेको छ । त्यहि सामुदायिक बिद्यालयको खस्कदो शैक्षिक स्थीतिको फाईदा उठाउदै निजि बिद्यालयहरुले शिक्षाको नाममा ब्यापार गरिरहेका छन । बिभिन्न बहानामा महंगो शुल्क लिई रहदा पनि अभिभाबकहरु आफ्ना बालबालिकालाई निजि बिद्यालयमा पढाउन बाध्ये छन् ।
सामुदायिक बिधालय सुधारका लागि बिज्ञहरुले दिएको सुझाव र बनेका योजनाहरु प्रभाबकारी कार्यान्वयन हुन सकिरहेको छैन। सरकारी समयन्त्रको कमजोर अनुगमन र शिक्षकहरुको जागिरे मानसिकताको कारण पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर माथी उठ्न नसकेको देखिन्छ ।
सरकारले माध्यामिक तह सम्मको शिक्षा निसुल्क भनेको छ तर बालबालिकाको माध्यामिक तह सम्म निशुल्क शिक्षा पाउने अधिकार बालमैत्री स्थानिय साशनयुक्त पालिकाहरुमा समेत कार्यन्वयन गर्न नसकेको यथेस्ट तथ्यहारु रहिरहदा यसको कार्यान्वयन गर्न सम्बन्धित निकाएले के गर्ला यो प्रस्न समेत खडा भएको छ ।
स्थानिय सरकारले आफ्नो पालिका भित्रको बिद्यालयको अबस्था, शैक्षिक गुणस्तर, पाठ्य सामाग्री,दक्ष जनशतिm ब्यबस्थापनको क्षेत्रमा अधिकार राख्छ तर शैक्षिक गुणस्तरमाबृद्धी गर्न जिम्मेवार निकाय गफ बडि काम कम गर्ने प्रवृत्तिका कारण सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सकेको छैन । यस तर्फ सम्बधित निकाएको ध्यान कहिले जाला ?

बिष्णु अधिकारी
मकवानपुरगढी
पाठक पत्र
२०८०/७/८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup