दोस्रो सँस्करणको एनएसएलमा मकवानपुरका ९ खेलाडीले खेल्दै

आजबाट सुरु हुने दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा मकवानपुरका ९ जना खेलाडीले खेल्ने भएका छन् ।

उक्त प्रतियोगितामा यस पटक विभिन्न क्लबबाट मकवानपुरका ९ जनाले लिग खेल्ने भएका हुन् । प्रतियोगितामा झापा एफसीबाट ५ जना, पोखरा थन्डर्सबाट ३ जनाले र इलाम एफसीबाट एक जनाले खेल्ने भएका हुन् ।

तीमध्ये ३ जना खेलाडीले दोस्रो पटक लिग खेल्न लागेका हुन् भने ६ जनाले पहिलो पटक लिग खेल्न लागेका हुन् ।

मकवानपुरका खेलाडी राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट, राष्ट्रिय फुटबल टिमका अर्का सदस्य आयुष घलान र विमल पाण्डेले एनएसएलको पहिलो सँस्करणमा विभिन्न टिमबाट लिग खेलेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने प्रतियोगितामा ९ वटा टिमले सहभागिता जाउनेछन् । जसमा विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची रहेका छन् ।

तीमध्ये झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड नयाँ टिम हो । अन्य टिमले भने पहिलो सँस्करणमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *